काठमाडौँ । तपाई कहिल्यै ३ वटा आँखा र २ वटा मुख भएको गाईलाई देख्नुभएको छ ? हालै गुल्मीमा यस्तै प्रकारको अनौठो गाई देखियो । मकवानपुर हेटौडा उपमहानगरपालिका १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले गुल्मी ल्याएको ३ आँखा र २ मुख भएको गाई हेर्न वामीटक्सार बजार र कुर्घा लगायतका स्थानका मानिसहरुको घुइँचो लागेको हो । मन्दिरको सहयोगार्थ यो अनौठो प्रकारको गाई लिएर गाउ र शहरमा घुमाइने गरेको बताइएको छ । उक्त अनौठो गाइलाई गुल्मीका बामीटक्सार, कुर्घा मुसिकोटलगायतका स्थानमा गाडीमै राखेर घुमाइएको छ । अनौठो प्रकारको यो गाई हेर्न आउनेहरुले ढोग्ने र भेटी चढाउने गर्नेको घुँइचो नै लाग्ने गरेको छ । २०६८ फाल्गुन १६ गते स्थानीय व्यक्तिको घरमा जन्मेको गाईलाई मन्दिर समितिले संरक्षण गरेर जोगाउदै विभिन्न जिल्लाका सर्वसाधरणलाई देखाउदै आएको छ । जुन गाईले नव्याउँदै दुध दिने गरेको छ ।

तपाईको प्रतिक्रिया