एजेन्सी । पूर्वमन्त्री राजलाल यादवमाथि गोली प्रहार भएको छ । लहानबाट घरदैलो सकी राति भगवतीपुर हुँदै आफ्नो गाउँ नहरा जाँदै गरेको अवस्थामा भगवतीपुर गाउँको सरेहमा संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पूर्वमन्त्री राजलाल यादवमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उनलाई अज्ञात समुहले टर्च लाइट देखाउँदै गोली प्रहार भएको हो । पूर्वमन्त्री राजलाल यादवको गाडी तीब्र गतिमा भएकोले गोलीको निाशाना चुकेको र गोली प्रहारबाट पूर्वमन्त्री यादव मुस्किलले बाँच्न सफल भएका छन् । पूर्वमन्त्री राजलाल यादवलाई ताकेर दुई राउण्ड गोली प्रहार भएको थियो ।

तपाईको प्रतिक्रिया