काठमाडौँ । पूर्वोत्तर राज्य अरुणाचल प्रदेशको एक स्कुलका तीन शिक्षिकामाथि स्कुलका छात्राहरूलाई कक्षाकोठामै सबैसामु जबर्जस्ती कपडा खोल्न लगाएको आरोप प्रहरीमा दर्ता भएको छ । उनीहरूमाथि आरोप छ कि यी शिक्षिकाहरूले सजायका रूपमा सबैसामु ८८ छात्रालाई कपडा खोल्न बाध्य गराएका थिए ।घटना पापुम पारे जिल्लाका न्यु सागलीस्थित कस्तुरबा गान्धी बालिका विद्यालयको हो । पछिल्लो २ नोभेम्बरमा भएको यस घटनापछि आल सागली विद्यार्थी युनियनले स्कुलका तीन शिक्षिकाविरुद्ध सागली थानामा एक उजुरी दर्ता गराएको छ । युनियनले स्कुलका शिक्षिका थिन्ले वाङ्मू थोङ्डोक, संगीता खालखो र नबाम जानूमाथि छात्राहरूलाई जबर्जस्ती कपडा खोल्न बाध्य पारेको आरोप लगाएको छ । यद्यपि प्रहरीले केवल १४ छात्रालाई मात्र कपडा खोल्न लगाइएको बताइरहेको छ ।जिल्ला प्रहरी अधिक्षक तम्मे अमोले बिबिसीसितको कुराकानीमा घटनाको पुष्टि गरे । उनले भने– स्कुलका प्रिन्सिपल र कुनै एक शिक्षिकाविरुद्ध भद्दा शब्दले भरिएको चिट भेटिएको कुरा अगाडि आएको छ । बताइएको छ कि सो चिटमा दुवैबीच अफेयर चलिरहेको कुरा लेखिएको थियो । हामीलाई बताइएको छ कि ती छात्रामध्ये कसैले सो चिट लेखेका हुन् । यस विषयको पनि जानकारी भएको छ कि केही शिक्षिकाले ६ र ७ कक्षाका १४ छात्रालाई कपडा खोल्ने सजाय दिएका थिए ।

कोही पक्राउ परेको छैन तत्कालका लागि यस घटनालाई इटानगरस्थित राज्यको एक मात्र महिला थानालाई सुम्पिइएको छ । एफआइआर दर्ता गराउने सगाली विद्यार्थी युनियनका नेताहरूबाट पनि जानकारी हासिल गरिँदै छ । यस विषयमा अहिलेसम्म कसैलाई पनि गिरफ्तार गरिएको छैन । प्रहरी अधिक्षकले बताएका छन् कि अहिलेसम्म पीडित छात्रा या उनीहरूका अभिभावकका तर्फबाट प्रहरीमा कुनै पनि गुनासो दर्ता भएको छैन ।जब कि एफआइआर दर्ता गर्ने सगाली विद्यार्थी युनियनका अध्यक्ष तेली रुंघीले भनेका छन्– घटनाको खबर पाउनासाथ हामीले स्कुलका शिक्षकहरूसित भेटघाट गरेका थियौँ । त्यतिखेर कपडा खोल्न बाध्य पारिएकोबारे कुनै पनि शिक्षकले बताएनन् । तर, जब हामी स्कुलबाट बाहिर निस्कियौँ, तब पीडित छात्राहरूले पूरै घटनाबारे जानकारी दिए ।विद्यार्थी नेता तेली रुंघीले आरोप लगाएका छन् कि स्कुलका तीन शिक्षिकाले चिटको विषयलाई लिएर सोधपुछ गर्ने क्रममा ६ र ७ कक्षाका ८८ छात्रालाई स्कुलको प्रांगणमा राखेर कपडा खोल्न लगाए । तीमध्ये १४ छात्रालाई चाहिँ सबैको अगाडि कपडा खोल्न बाध्य बनाइएको थियो । उनीहरूको शरीरमा भित्री वस्त्र मात्र बाँकी थिए । विद्यार्थी नेता रुंघी भन्छन्– हामी प्रहरीले यी शिक्षिकाविरुद्ध कारबाही गरोस् भन्ने चाहन्छौँ । नत्र हाम्रो संगठनले यी बालिकालाई न्याय दिलाउन आन्दोलन गर्नेछ ।

दुई वर्षअघि एक छात्राको आत्महत्या कस्तुरबा गान्धी बालिका विद्यालय एक आवासीय स्कुल हो । जहाँ यस समय एक सय २० छात्रा अध्ययनरत छन् । विद्यार्थी नेता तेली रुंघी भन्छन्– यस स्कुलमा यो नै पहिलो घटना होइन । यसअघि झन्डै दुई वर्षअघि एक छात्राले यहाँ आत्महत्या पनि गरेकी थिइन् ।

यसै क्षेत्रमा बसोवास गर्ने अरुणाचल प्रदेश विद्यार्थी युनियनका एक पूर्वनेता नबाम तामोरले भने– स्कुलमा छात्रछात्रालाई यस्तो अमानवीय सजाय दिइएको घटना निकै चिन्ताजनक छ । यस्ता शिक्षिकालाई स्कुलमा राखिराख्नु बालबालिकाका लागि ठीक हुनेछैन । अरुणाचल प्रदेशमा शिक्षा व्यवस्थामा अझै निकै सुधार गर्नु जरुरी छ । किनकि, यस प्रकारका आवासीय स्कुलमा बालबालिका निकै टाढाटाढाबाट पढ्न आउने गर्छन् । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया