हाम्रा बाउबाजेहरूले भन्दै आएको कुरा हो– मानिसले जतिसुकै विकास गरे पनि भगवान बन्न सक्दैन । अर्थात् जुन कुराहरू मानिसले बनाउन सक्दैन, ती कुराहरू परिवर्तन गर्न सक्दैन।यस्तै कुरामध्ये एउटा हो मानिसको जन्म । अर्थात विश्वको कुनै यस्तो शक्ति छैन, जसले कृत्रिम रुपमा मानिस जन्माउन वा उत्पन्न गर्न सकोस् वा मानव अंग नै बनाउन÷उत्पादन गर्न सकोस्।विज्ञानले यति धेरै विकास गरिसक्यो कि अहिले टेस्ट ट्युब बेबी जन्माउन सकिन्छ । ‘क्लोन’ गरेर एउटै मानिसजस्तै अरु कैयौं मानिस बनाउन सकिन्छ । हिजोआज प्रयोगशालामा मानव शरीरका विभिन्न अंग निर्माण भइरहेको छ।यस्तै एउटा प्रयोग भइरहेको छ, बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको मोलिक्युलर बायोलजी ल्याब्रोटरीमा । त्यहाँको प्रयोगशालमा मानवको छालाबाट मानव मस्तिष्क बनाउने प्रयास भइरहेको छ । प्रयोगशालामा मस्तिष्कको विकास त्यसरी नै गरिँदैछ, जसरी आमाको पेटमा भएका बेला एउटा शिशुको हुन्छ।

प्रयोगशालामा बनाइरहेको मानव मस्तिष्कको विकासमा एउटा फरक भने छ, त्यो हो– आमाको गर्भमा मस्तिष्कको विकास रक्त सञ्चारबाट हुन्छ । अर्थात् गर्भवतीले जस्ता पोषणयुक्त भोजन गर्छिन्, त्यही नै शिशुले पनि पाउँछ।तर, क्याम्ब्रिज विश्वविद्यालयको प्रयोगशालामा निर्माण भइरहेको मानव मस्तिष्कलाई भने आवश्यक पोषण अन्य तरिकाले दिने गरिएको छ । टेस्ट ट्युबमा विकास भइरहेको मस्तिष्कमा कुनै हानी हुन नदिन विशेष ध्यान दिइएको छ ।त्यसैले गर्भमा जस्तो वातावरणमा शिशुको मस्तिष्क विकास हुन्छ, त्यसरि नै राख्ने प्रयास गरिएको छ र निरन्तर अनुगमन गरिन्छ । कुनै इन्फेक्सन हुन नदिन निर्माण भइरहेका मस्तिष्क राख्ने भाँडोलाई सबैभन्दा पहिले अल्कोहलबाट सफा गरिन्छ ।तपाईंले यसरी प्रयोगशालामा विकास गरिरहेका मस्तिष्क देख्नुभयो भने तपाईंलाई त्यति मन नपर्न सक्छ । किनभने ती अहिले पूर्ण रुपमा विकसित भइसकेका छैनन् । प्रयोगशालामा यी मस्तिष्क हलुका पहेंलो र गुलाबी रंगको तरल पदार्थमा पानीको फोका तैरेजस्तै तैरिएको तपाईंले देख्नु हुनेछ । तर, ती मस्तिष्क त्यसरी नै विकसित भइरहेका छन्, जसरी आमाको गर्भमा विकसित हुन्छन् ।स्वास्थ्य खबरपत्रिकाले छापेको छ

जसरी हाम्रो मस्तिष्कमा अलग अलग भाग हुन्छन्, त्यसरी नै प्रयोगशालामा निर्माण भइरहेका मस्तिष्कका पनि विभिन्न भाग छन् । जस्तो कि यसको खैरो भाग न्युरोन्सले बनेको छ र तपाईंले जहाँ अलि मोटा टिस्यु देख्नुहुन्छ, ध्यान दिएर हेर्नुभयो भने त्यसको अगाडि एउटा सानो पुच्छर विकास भइरहेको देख्नु हुनेछ । त्यो पुच्छरको सम्बन्ध ढाडको मेरुदण्डसँग छ ।खासमा मानव मस्तिष्कको यो भागमा भाषा बुझाइ र सिकाइसम्बन्धी क्षमताका साथै सोचविचार गर्ने प्रक्रिया हुन्छ।दोस्रो भाग हो हिप्पोक्याम्पस । यो मस्तिष्कको त्यो भाग हो, जसले हाम्रो स्मरणशक्ति र भावना नियन्त्रण गर्छ । मस्तिष्कका यी सबै भाग प्रयोगशालामा विकसित भइरहेको मस्तिष्कमा पनि छन् । यो मस्तिष्क पूर्ण रुपमा विकास भइसकेपछि भने एउटा नौमहिने शिशुको मस्तिष्कजस्तै हुनेछ ।

महत्वपूर्ण प्रश्न हो– मानव मस्तिष्कको खेती कसरी भइरहेको छ रु विशेषज्ञहरू भने प्रयोगशालामा मानव मस्तिष्क विकास गर्न समाचारमा सुने वा पढेजति कठिन छैन।प्रयोगशालामा मानव मस्तिष्क विकास गर्न सबैभन्दा पहिले केही कोषको आवश्यकता पर्छ । क्याम्ब्रिज विश्वविद्यालयमा यसरी मानव मस्तिष्कको खेती गर्ने समूह प्रमुख हुन्– मेडलिन लंकास्टर।लंकास्टरको भनाइमा प्रयोगशालामा मस्तिष्क विकास गर्न नाक, कलेजो र खुट्टाका नङका कोषहरू उपयोग गर्न सकिन्छ । तर ती कोषबाट ‘स्टेम सेल’ छुट्ट्याउनुपर्छ । किनभने तिनै कोषबाट मानव शरीरका बाँकी अंग विकसित गर्न सकिन्छ।हामीले टेस्ट ट्युबमा विकसित भइरहेका मस्तिष्कहरू हे¥यौं भने त्यहाँ कमा जत्रो सानो सेतो थोप्लो देखिन्छ । त्यो ठ्याक्कै त्यस्तै छ, जस्तो एउटा भ्रुणको विकास आमाको गर्भमा हुन्छ । हामीले जुन ‘स्टेम सेल’को उपयोग मस्तिष्क विकास गर्नमा गर्छौं, केही दिनसम्म पोषण पाएपछि ती साना बल ९भकुन्डा० जस्ता देखिन थाल्छन् । यिनै कोषमध्ये नै पछि मस्तिष्कका रुपमा विकास हुने कोष पनि हुन्छन् ।त्यसपछि मस्तिष्कमा विकसित हुने कोषलाई जोगाएर बाँकी सबै कोषहरूलाई नष्ट गरिन्छ । यसका लागि वैज्ञानिकहरूले ती साना भकुन्डाजस्ता कोषलाई पोषण दिन बन्द गर्छन् । भोजन वा पोषण नदिएपछि अधिकांश कोषहरू मर्छन् । तर जुन कोष पछि मस्तिष्कमा विकसित हुन्छन्, ती कोषमा भने यस्ता दुःख, आपतविपत खप्ने शक्ति धेरै हुने भएकाले मर्दैनन् । त्यसपछि भने ती बाँचेका कोषहरूलाई छुट्ट्याएर अर्को टेस्ट ट्युबमा राखिन्छ।

प्रोफेसर लंकास्टर यी बेबी ब्रेनलाई विकसित गर्ने समूहले एउटी गर्भवती आमा र बाबुजस्तै गरी रेखदेख गर्ने बताउँछिन् । एउटा निश्चित स्तरसम्म विकास भएपछि ती मस्तिष्कलाई एउटा जेलीजस्तो तरल पदार्थमा हालिन्छ । जसले मस्तिष्कको चारैतिर सुरक्षा घेरा बनाउँछ । अनि फेरि मस्तिष्कलाई आवश्यक पोषण दिन थालिन्छ । करिब ३ महिनामा यी मस्तिष्क वृद्धि भएर लगभग चार मिलिमिटरका हुन्छन् । यतिबेला यिनमा करिब २० लाख न्युरोन हुन्छन् । सामान्यतया एउटा मुसाको मस्तिष्कमा यति नै न्युरोन हुन्छन्।लंकास्टर मानव मस्तिष्क विकास गर्नु कुनै ठूलो कुरा भएको मान्दिनन्। उनी यस्ता मस्तिष्कबाट हामीले सामान्य मानव मस्तिष्ककोजस्तो उपयोग गर्न नसक्ने बताउँछिन् । किनभने यस्ता मस्तिष्कले सोचविचार गर्न सक्दैनन् । तर यसबाट हाम्रो मस्तिष्कले कसरी काम गर्छ पत्ता लगाउन भने सहयोग गर्छ ।प्रोफेसर लंकास्टर प्रयोगशालामा पूर्ण विकसित मस्तिष्क बनाउनु आफ्नो लक्ष्य नभएको बताउँछिन् । बरु उनी यो प्रयोगको उपयोग मानिस र अन्य जनावरका मस्तिष्कले गर्ने कामको तुलना गर्न चाहन्छिन् । खासमा एउटा चिम्पान्जी र मानवको मस्तिष्कबीच अत्यन्त न्यून जेनेटिक अन्तर छ । तर पनि चिम्पान्जी र मानवको विकासमा धेरै ठूलो फरक आएको छ।

यसो किन भयो पत्ता लगाउन लंकास्टर र उनको समूहले मानव र चिम्पान्जीको जिन्सबाट नयाँ मस्तिष्क विकास गरे । यो प्रयोगबाट उनीहरूले चिम्पान्जीको मस्तिष्कमा विकास भएका न्युरोन मानव मस्तिष्कमा विकास भएका न्युरोनको तुलनामा निकै कमजोर भएको पत्ता लगाए।सामान्य मानिसको मस्तिष्कले जसरी काम नगरे पनि प्रयोगशालामा विकसित यस्ता मानव मस्तिष्कले हामीलाई अटिज्म र सिजोफ्रेनियाजस्ता रोगको उपचार गर्न सहयोग हुन सक्छ । गत वर्ष वैज्ञानिकहरूले हाम्रो मस्तिष्कका दुईखाले न्युरोनबीच आपसी तालमेल ठीक नहुँदा अटिज्म हुने पत्ता लगाएका थिए । त्यसैबेला नै उनीहरूले के पनि थाहा पाएका थिए भने गर्भावस्थामा भ्रुणको मस्तिष्क विकास भइरहँदा नै यो रोग पत्ता लगाउन सकिन्छ।लंकास्टर भन्छिन्, ‘प्रयोगशालामा मानव मस्तिष्क विकास गरेपछि मानिसको मस्तिष्कबारे धेरै नयाँ तथ्यहरू पत्ता लगाउन सजिलो भएको छ । यसबारे अझै धेरै अनुसन्धान भइरहेको छ।’अब भने वैज्ञानिकहरूले प्रयोगशालामाठूलो आकारमा मानव मरिुतष्क विकास गर्ने लक्ष्य लिएका छन् । प्रयोगशालामा ठूलो आकारमा मस्तिष्क विकास गर्न सके उनीहरूले मुसाको मस्तिष्क टुक्र्याएर अध्ययन गरेजस्तै मानव मस्तिष्क पनि टुक्र्याएर अध्ययन गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया