काठमाडौं । महोत्तरीको जलेश्वरस्थित दुर्गाचोकमा म्यादी प्रहरीको युनिफर्ममा ड्युटी गरिरहेको अवस्थामा भेटिइन् सुमित्रा पासवान । घुम्टो र साडीमा कुद्दै धेरै पुरुषलाई पछि पारेर म्यादी प्रहरीमा छनोट भएकी सुमित्राको तस्बिर पाँच साताअघि नयाँ पत्रिकाको प्रथम पृष्ठमा प्रकाशित भएको थियो ।प्रजातन्त्रको उत्सव निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएकी सुमित्राले परिवारका लागि ५५ दिनमा करिब ५० हजार कमाउँदै छिन् । त्योभन्दा महत्वपूर्ण, रिक्साचालककी श्रीमतीका रूपमा मात्र चिनिएकी सुमित्राको म्यादी प्रहरीका रूपमा आफ्नै पहिचान पनि बनेको छ । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया