ताजा खबर:- प्रोटीन हाम्रो शरीरको लागि आवश्यक न्यूट्रीएन्ट्स मध्य एक मानिन्छ । आजकल शरीर बनाउनको लागि पुरुषले हाइ प्रोटीन रिच आहार सेवन गर्दछन् । यसको बढी मात्राले स्वास्थ्य सम्बन्धि कयौँ नोक्सान हुनसक्छ । चिकित्सकका अनुसार, प्रोटीनको मात्रा व्यक्तिको वजन, उमेर वा लम्बाईको अनुसार कम वा बढी हुनसक्छ । जो मानिस एक-आपसमा देखावटी प्रोटीन रिच आहार या हाइ प्रोटीन सप्लीमेन्ट्स लिन्छन्, उनीहरूलाई कयौँ पटक यसको साइड इफेक्ट हुनसक्छ । यसकारण बढी प्रोटीनको सेवन गर्दा हुनसक्ने यस्ता ९ नोक्सानको बारेमा यहाँ चर्चा गरिएको छ ।

बढी प्रोटीन सेवन गर्दा हुनसक्ने नोक्सानहरू-

१-प्रोटीन रिच आहार लिँदा टेस्टेस्टेरोन हार्मोनको स्तर सन्तुलित रहँदैन । यसले फर्टिलिटी कम हुनसक्छ ।

२-यसबाट कोलेस्ट्रोल स्तर बढ्न सक्छ । मुटुको समस्या हुनसक्ने आशंका बढ्छ ।

३-यसबाट शरीरमा बोसो बढ्छ । बढी प्रोटीनको सेवन गर्दा मोटोपन बढ्न सक्छ ।

४-बढी प्रोटीनको सेवन गर्दा यूरिक एसिडको स्तर सन्तुलित रहँदैन । यसको कारण जोर्नी दुख्ने समस्या उत्पन्न हुनसक्छ ।

५-प्रोटीन रिच आहारमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । यसको कारण कमजोरी हुनसक्छ ।

६-प्रोटीनको बढी मात्रामा सेवन गर्दा शरीरमा भिटामिन्स, मिनरल्स पूर्ण रूपमा प्राप्त हुँदैन । यसले छाला सम्बन्धि समस्या जस्तै डन्डीफोर र रेशेज हुनसक्छ ।

७-प्रोटीन डाइजेस्ट हुन बढी समय लाग्छ । यसको कारण कब्जियतको समस्या हुन्छ ।

८-बढी प्रोटीनको सेवनले किड्नीमा नकारात्मक असर पर्छ । यसबाट किड्नी समस्या बढ्न सक्छ ।

९-यसले ब्लड शुगर स्तर सन्तुलित रहँदैन । डायबिटीज कम या बढी हुनसक्छ ।

प्रोटीन सेवन गर्दा यी कुरामा विशेष ध्यान राख्नुहोस्

-आजभोली बजारमा उपलब्ध विभिन्न किसिमको प्रोटीन सप्लीमेन्ट्स पाईन्छ । सस्तो र बिना ब्राण्डको प्रोटीन सप्लीमेन्ट्स खरिद गर्नबाट बँच्नुहोस् । यसको थुप्रै साइड इफेक्ट हुनसक्छ ।

-प्रोटीनको मात्रा आफ्नो कामको आधारमा निर्धारित गर्छ, जस्तै:- वर्कआउट गर्ने पुरूषहरूलाई बढी प्रोटीनको आवश्यकता हुन्छ भने बसेर काम गर्ने मानिसले यसको सिमित मात्रामा सेवन गर्नुपर्दछ । यसको अधिक मात्रामा सेवन गर्नुअघि चिकित्सकको सल्लाह अवश्य लिनुहोस् ।

तपाईको प्रतिक्रिया