ताजा खबर:-सामान्यतय मानिसहरू बिहान दूध पिउने गर्दछन् । तर बिहान दूध पिउनु भन्दा यदि दिउँसो या राती दूध पिउनुहुन्छ भने स्वाथ्यका लागि बढी फाइदाजनक मानिन्छ । यसैगरी दूधसँग जोडिएका थुप्रै नियमहरू छन्, जसको बारेमा जानकारी राख्न अति आवश्यक हुन्छ, किनकि दूधको प्रयाप्त फाइदा शरीरले प्राप्त गर्न सक्छ । चिकित्सकका अनुसार दूध पिउने यी ७ नियम जसलाई महिला-पुरुष दुवै अपनाउन अति आवश्यक हुन्छ ।

दूध पिउने ७ नियम

१-बिहान उठेर दूध पिउनु हुँदैन । यसले पेटमा एसिडको स्तर सन्तुलन रहँदैन । एसिडिटी या कफको समस्या उत्पन्न हुनसक्छ ।

२-दूध सधैँ रातीमा पिउनुपर्दछ । यसमा पाईने अमीनो एसिडले दिमाग शान्त रहन्छ । रातीमा निन्द्रा राम्रो लाग्छ ।

३-खाना खाने बित्तिकै दूध पिउनुहुँदैन । यसले अपचको समस्या उत्पन्न हुनसक्छ ।  खाना खाएको दुई घण्टा पछि दूध पिउनु फाइदाजनक हुन्छ ।

४-सधैँ मनतातो दूध पिउनुपर्दछ । एसिडिटी र अल्सरको समस्या छ भने चिसो दूध पिउन सक्नुहुन्छ ।

५-दूधमा चीनी मिलाएर पिउनु हुँदैन । यसको साटो किशमिश, खजूर, वा मिश्री मिलाएर पिउनु फाइदाजनक हुन्छ ।

६-कतिपय मानिसलाई दूध पिउँदा पाचन प्रक्रिया खराब हुन्छ । यस्ता मानिसले दूधमा अदुवा या पिपली मिलाएर पिउनुहोस् ।

७-दूधमा अदुवा, ल्वांग, इलायची, केसर या दालचीनी मिलाएर पिउँदा पेटको समस्या हट्छ । दूध सजिलै डाइजेस्ट हुन्छ ।

तपाईको प्रतिक्रिया