काठमाडौँ : केन्द्रीय बालकल्याण समितिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका सन्दर्भमा विभिन्न राजनीतिक दलको चुनावीसभा, प्रचारप्रसार तथा उम्मेदवारलाई लक्षित गरी भएका बम विस्फोटका घटनाको भत्र्सना गरेको छ ।

“कतिपय बम विस्फोटका हिंसात्मक घटनाबाट बालबालिका समेत घाइते हुन पुग्नु दुःखको विषय हो, यसप्रकारका हिंसात्मक घटना एवं लोकतन्त्र विरोधी गतिविधि हुन नदिन सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौँ”– समितिद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समितिले बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्दै निर्वाचनमा सहभागी राजनीतिक दल तथा नागरिकले चुनावीसभा, सम्मेलन, गोष्ठी, ¥याली, मतदान केन्द्र र विजयी उत्सव ¥याली लगायतका समारोहमा बालबालिकाको प्रयोग तथा उपस्थिति नगर्न÷नगराउनुहुन अनुरोधसमेत गरेको छ ।

लोकतन्त्रमा कुनै पनि समस्या समाधानको मूलमन्त्र संवाद नै भएकाले आफ्ना मागबारे सम्बन्धित पक्षसँग संवाद गरी बम विस्फोटनजस्ता हिंसात्मक कार्य नगर्न पनि सम्बन्धित पक्षलाई विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “देशमा शान्तिसुरक्षा कायम गरी बालबालिकाको जीवनरक्षामा अझ बढी संवेदनशील हुन एवं हिंसात्मक कार्य गर्ने जो कसैलाई कानूनबमोजिम कारबाही गर्न पनि सम्बन्धित निकायलाई हार्दिक अनुरोध गर्दछौँ ।”

तपाईको प्रतिक्रिया