पोखरा । मर्मत गर्दागर्दै अचानक मोटरसाइकल जलेको कहिल्यै देख्नुभएको छ ? यो घटना अन्त कतैको नभएर सुन्दर नगरी पोखराको हो । पोखरामा न्यूरोडको मोटरसाइकल वर्कसपमा बिहीबार मर्मत गर्दैगर्दा अचानक मोटरसाइकलमा आगलागी भएको छ। मर्मत गर्दागर्दै मोटरसाइकलमा आगो लागेपछि केहीबेर भागदौड मच्चिएको थियो । आगलागीबाट सामान्य रुपमा पसल जलेपनि ठूलो क्षती भने नभएको प्रहरीले जनाएको छ । आगलागीबाट मोटरसाइकलमा भने क्षती पुगेको छ । तस्वीर स् निमदत्त सुवेदी, पोखरा

तपाईको प्रतिक्रिया