चितवन। त्रिशूली नदी बस दुर्घटनामा मृत्यु भएका सात जनाको सनाखत भएको छ। नदीमा हराइरहेकाको खोजी जारी रहेको छ। दुर्घटनामा २२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार छ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक थापाकाले मृत्यु हुनेमा अर्घखाँचीका ५२ वर्षीय नुदराज अधिकारी, दैलेखका ३० वर्षीय अमरबहादुर शाही, नवलपरासी बर्दघाट नगरपालिका वडा नं १ का ५० वर्षीय कृष्ण ढकाल, रुपन्देही देवदह– ९ का ३० वर्षीय दीपक पाण्डे, कपिलवस्तु बाङ्ग्राका ३९ वर्षीय ओमबहादुर सिंजापति र वतन खुल्न नसकेका अन्दाजी ३० वर्षीय विष्णु रहेको जानकारी दिए।उपचारका लागि ललितपुरको बिएण्डबी अस्पताल पु¥याइएकी सन्धिखर्क नगरपालिका– ४ अर्घाखाँचीकी ४३ वर्षीया लक्ष्मी पौडेलको उपचारका क्रममा बुधबार नै मृत्यु भएको थियो।

लु २ ख २९१ नंको उक्त बस काठमाडाँैंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूलीमा खसेको थियो। घाइतेमध्ये नौ जनाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा र १३ जनाको बिएण्डबी र नर्भिक अस्पतालमा उपचार भइरहेको छ।नदीमा डुबेको बस निकाल्नका लागि प्रयास जारी छ। बससँगै अन्य तीन जना बेपत्ता भएको अनुमान गरिएको छ। प्रहरी उपरीक्षक थापाले अर्घाखाँचीका मनीषा थापा र शंकर कुँवरका परिवारले उनीहरु बेपत्ता भएको जनाएको बताए।दुर्घटनामा घाइते भएका छमहिने बालककी आमा थापा भएको उनले बताए। बालकको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। बसले शुरुमा २६ जनाको चलानी काटेको, कलंकीबाट चार जना चढाएको र चालक र सहचालक दुई जना गरी बसमा ३२ जना सवार रहेको बताइएको छ।काठमाडौँबाट अर्घखाँची जान नारायणगढतर्फ आउँदै गरेको बस इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा बुधबार बिहान ९ः१५ बजे दुर्घटना भएको थियो।

तपाईको प्रतिक्रिया