रौतहट, मंसिर १४ । रौतहटको देवाही–गोनाही नगरपालिकामा एक युुवतीको शंकास्पद मृत्युु भएको छ ।देवाही–गोनाही नगरपालिका– ७ गोनाहीटोलका सुुखाडी पासवानकी १८ वर्षीया अविवाहित छोरी सुुरतियाकुुमारीको शंकास्पद मृत्युु भएको हो ।शव गोप्य तरिकाले गाउँभन्दा पश्चिमतिर बुधबार राति ८ बजे जलाइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट पुुगेको टोलीले नियन्त्रणमा लिएको थियो ।

शरीरको आधाभन्दा बढी भाग जलिसकेको युुवतीको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इलााका प्रहरी गरुडाका प्रमुुख प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए ।शव प्रहरीले नियन्त्रणमा लिएपछि घर–परिवारका सबै सदस्य घर छाडेर फरार छन् युुवतीको मृत्युुको कारण हालसम्म खुुल्न नसकेको र शवको परीक्षण प्रतिवेदन आएपछिमात्र मृत्युुको कारण खुुल्ने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया