पथरी शनिश्चरे–८ का स्नातकोत्तर अनिल पौडेल बेरोजगार हुनुहुन्छ । उहाँसँगै स्नातकोत्तर ईश्वर शर्मा र सुनवर्षी नगरपालिका–१ का प्रकाश सिंह यहाँ रोजगारी नपाएर खाडी मुलुक साउदी अरब जानुभयो । उहाँसँगै द्वितीय श्रेणीमा बिएड उत्तीर्ण भजन सिंह पनि रोजगारीका लागि मलेसिया पुगेको दुई महिना भयो । पौडेलका कान्छा भाइ सुनिल र प्रकाशका कान्छा भाइ निर्मल कक्षा १२ मा पढ्छन् । आप्mनै देशमा रोजगारीको अवसर नभएर दाजुहरु स्नातकोत्तर उत्तीर्ण गरेर पनि वैदेशिक रोजगारीमा खाडी मुलुक जान बाध्य भएको अवस्था देखी आपूmलाई पढ्न मन नलाग्ने सुनिल र निर्मल बताउनुहुन्छ । “मन खिन्न हुन्छ आखिर जति पढे पनि अन्त्यमा खाडी मुलुकको चर्को गर्मी खानैपर्ने हुन्छ ”, सुनिलले भन्नुभयो ।

गाउँका युवा प्रत्येक दिन खाडी मुलुक रोजगारीकै लागि गइरहेका छन् । कक्षा ९ र १० मा पढ्ने विद्यार्थीसमेत पढाइ छाड्दै उमेर बढाएर वैदेशिक रोजगारीमा गइरहेको उहाँहरु बताउनुहुन्छ । “पढेलेखेका गाउँमै केही गर्न नचाहेर होइन, हुन नसक्ने अवस्थाले वैदेशिक रोजगारीमा जान बाध्य छन्,” अनिलले भन्नुभयो, “गाउँमा खेती गर्न खोजियो भने सिँचाइ, कृषि मल, उन्नत बीउको अभाव, गाई, भैँसी, बाख्रापालन र व्यापार नै गर्न खोजियो भने सुलभ र सहज तरिकाले ऋणसमेत पाउन नसकिने अवस्थामा युवा के चाहिँ गरेर नेपाल बसून् विकल्प त सरकारले दिनुप¥यो नि रु” अहिले नेताहरु मत माग्न घरदैलोमा आइरहेको र उमेदवारहरु आआफ्ना अनेक चुनावी नारा सुनाउने गर्छन् तर आपूm एउटै माग युवालाई ६० डिग्री तापक्रममा काम गर्न विदेशमा नबेची स्वदेशमै रोजगारीे सिर्जना गर्ने उम्मेदवारलाई आफूहरुले मत दिने उहाँहरुको भनाइ छ ।

पथरी शनिश्चरे–१ का इन्द्र अधिकारीले इञ्जिनीयर, ओभरसियर, डाक्टर पढेकाहरु रोजगारीका लागि विदेश गइरहेको बताउनुभयो । आपूmले अंग्रेजी विषयमा स्नातकोत्तर गरेकाले नेपालमै अवसरको खोजीमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्न सके के हँुदैन तर त्यसका लागि वातावरण उचित हुनुपर्छ ।” उहाँले यहीँ केही गर्ने अवसरका लागि वातावरण बनाइदिने उम्मेदवारलाई यसपालि आपूmहरुले मत दिने बताउनुभयो । उहाँले भन्नुभयो, “युवा लक्षित सुलभ र सहज ऋणलगायतको व्यवस्था गर्नु आवश्यक छ । खासगरी युवालाई उत्पादनमूलक व्यवसायका लागि सरकारले उचित वातावरणको निर्माण गर्ने योजना ल्याउनु आवश्यक छ ।” पथरी शनिश्चरे–२ का चक्र लिम्बू चुनावमा अनेक सपना देखाउँदै जितेर गएपछि कहिल्यै फर्केर नआउने उम्मेदवारलाई यसपालि आपूmहरुले ठेगान लगाउने सुनाउनुभयो । “उम्मेदवारले गरेको चुनावी प्रतिबद्धता पूरा गर्नुपर्छ अनि मात्रै वर्षौंदेखि ज्यूँ का त्यूँ रहेका समस्या समाधान हुन्छ” उहाँले भन्नुभयो, “पढेलेखेका युवालाई उत्पादनमूलक व्यवसाय गर्न आवश्यक सहयोग हुनुप¥यो ।”

तपाईको प्रतिक्रिया