काठमाडौं । बिहीबार सुनचाँदीको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ३ सय तथा चाँदी १० रुपैयाँ घटेको छ । महासंघका अनुसार सुन बिहीबार तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार तोलाको ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको हो । यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी बिहीबार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया