काठमाडौं । यतिबेला सामाजिक संजालमा चलचित्र छक्का पञ्जाका सर्मथक र ऋचा शर्माका सर्मथकबिच होडबाजी नै चलेको छ । नायिका ऋचाले एक कार्यक्रममा चलचित्र छक्का पञ्जाका बिरुद्धमा दिएको अभिब्यक्तिपछि कलाकार र दर्शकहरु नै दुई पक्षमा बाँडिएर बाद विबाद गरिरहेका छन् । जसका कारण अहिले सामाजिक संजालका भित्ताहरु रंगीएका छन् । केही दिन अघि नायिका रिचाले ‘छक्का पञ्जा २’ मा महिला पात्रलाई एक पुरुष पात्रले हरेक दिन कुट्न पाउनुपर्छ भन्दा ताली पिट्ने दर्शक मूर्ख हुन् भने लगत्तै कलाकार तथा निर्माता दीपकराज गिरीले आफ ्नो फेसबुकमा राखेको स्टाटस विभिन्न नायिकाले कपी गर्दै पोस्ट गरेपछि यसले चर्चा पाएको हो । ‘एकजना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलाइ मूर्ख भन्नु भएछ । प्रिय नायिकाज्यू दर्शकलाई मूर्ख भन्नु भएकाले नै तपाईका फिल्मले कहिल्यै दर्शक पाएनन्, गेट वेल सुन,’ दीपकराजले लेखेका थिए ।उनको सो पोस्टले लगत्तै निर्देशक दीपाश्री निरौला, नायिकाद्वय प्रियंका कार्की र स्वस्तिमा खड्काले पनि आफ्नो फेसबुकमा राखेपछि यसले चर्चा पाएको छ । उनीहरूको पोस्टमाथि सयौंले कमेन्ट गरेका छन् । त्यसपछि पनि नायिका ऋचाले आफ्नो आक्रोश पोख्न बन्द गरेकी छैनन् ।

तपाईको प्रतिक्रिया