काठमाडौं-सामाजिक संजाल एकाएक समाजले प्रतिबन्ध लगाएको,सुन्नै नसकिने शब्दहरु बोलेर एकाएक चर्चाको शिखरमा पुगेकी युनिश्मा को पर्दा पछाडीको रहस्य बारे कसैले बुझ्न चाहेनन् | किन उनले मुख छोडिन किन सामाजिक संजालमा त्यस्तो व्यहार देखाइन कसैले लाई जान्ने इच्छा सम्म जागेन , जाग्यो त मात्र उनको त्यो भिडियो हेर्दै अपाच्य शब्दमा गाली गर्न मात्र जाने पब्लिकले |

युनिश्मा लाई पागलको संज्ञा दिएर उनलाई अनेक थरी भनेर सामाजिक संजाल भरीको छ यतिबेला | यदि त्यस्तै हो भने एक पटक तपाइले यो भिडियो पनि हेर्नुहोस कतै पब्लिक बाट पनि मानसिक पिडा त भोग्दै छैनन् उनले,त्यहि पीडाले गर्दा कतै त्यस्ता व्यवहार गरेका त होइनन ? युनिश्माको विषयलाई लिएर फेसबुकमा हाल युएईमा गोबिन्द सुवेदी नामका एक युवकले पनि उनलाई मुखै छोडेर समाजमा अपाच्य शब्द प्रयोग गरेका छन् |

उनि अर्थात् युनिश्मा गलत थिईन र उनि पागल नै भन्ने जान्ने पब्लिक ले उनलाई सुधार केन्द्र मा लानु पर्ने कि उनको भिडियो हेरर अझै बेईज्जेत गर्नु पर्ने ? आखिर उनि पनि एक नेपाली चेली न हुन् | सम्झाउन सकिन्थ्यो होला, नत्र पागल नै भए यत्रो नेपाली छौ , मानसिक अस्पताल पुर्याउन सकिन्थ्यो होला ? केहि समय अघि पनि साकार अधिकारीले पनि हंगामा मच्चाएका थिए यसरी नै तर उनलाई मानसिक अस्पताल लिएर गए पछी उनमा सुधार आयो आफ्नो गल्ति स्वीकार गरे,यति बेला सहज जिन्दगी जीईरहेका छन् | के युनिश्मा हाम्रो नेपालको चेली होइनन ? एकपटक मनन गरौं न | कतै हाम्रै कारण उनलाई त्यस्तो त भैरहेको छैन ?

तपाईको प्रतिक्रिया