एजेन्सी । बलिउड सुन्दरी नायिका जरिन खान यतिबेला आफ्नै अभिब्यक्तिका कारण मिडिायामा चर्चामा आएकी छिन् । चलचित्र अक्सर–२ मा बोल्ड अभिनय गरेर पछिल्लो समय चर्चामा रहेकी यि नायिकाले आँफुले अभिनय गरेको फिल्मलाई नै अश्ल्लिल भनिदिएपछि चलचित्रका प्रोड्युसर नरेन्द्र बजाजले जरिनको अभिब्यक्तिप्रति आपत्ति जनाएका हुन् । जरिनको बोल्ड अभिनय रहेको उक्त फिल्ममा उनलाई कम भन्दा कम कपडा लगाउन पटक पटक आग्रह गरिएको थियो । भारतीय एक अनलाइनले फिल्मका निर्माता बजाजसँगसँग लिइएको अन्तरवार्तामा उनले भनेका छन् जरिनसँग पहिले नै फिल्मको कहानीबारे मौखिक सहमती भएको थियो र त्यसमा उनले पनि सहमती जनाएकी थिइन् ।

तपाईको प्रतिक्रिया