काठमाडौँ। लामो समयदेखि नेपाली हाँस्यब्यग्यको क्षेत्रमा काम गरेर चर्चा र तारिफ पाउँदै आएको धुर्मुस सुन्तलीको जोडीले नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरु संगैं एनिभर्सरी मनाउँदै एउटा प्रेमगीत सार्वजनिक गरेका छन् । धुर्मुस सुन्तली २०६५ मंसीर १४ गते बैवाहिक जीवनमा प्रवेश गरेका थिए।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरु संगैं एनिभर्सरी मनाउँदै उक्त गीत सार्बजनिक गरिएको हो। मंसीर ४ गते आफ्नो दशौं एनिभर्सरीको अवसरमा धुर्मुस सुन्तलीले ‘म जुन दिन देखी’ बोलको गीतको भिडियो रिलिज गरेका हुन्। संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका सचिव समेत रहेका दिनेश थपलियाको शब्द रहेको उक्त गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ भने राजेश पायल राई र अन्जु पन्तले आवाज दिएका छन्।

तपाईको प्रतिक्रिया