उम्मेदवारी औचित्य र समसायमिक राजनीतिक घटनाक्रमका बिषयमा बाँके क्षेत्र नम्वर–३ प्रदेशसभा ‘ख’का उम्मेदवार लक्ष्मिनारायण शाहसगं खगेन्द्र दाहाल र प्रियास्मृती ढकालले गरिएको कुराकानीको केहि अशं ।

निर्वाचनको कस्तो तयारी कस्तो हुदै छ ? तयारी तीब्र छ । विहान ५ बजेदेखि राती ११ बजेसम्म चुनावी प्रचारप्रसारमै व्यस्त हुन्छु । आप्mनो निर्वाचन क्षेत्रका मतदाताहरुको गुनासा सुन्ने, समस्या पहिचान गर्ने देखि पार्टीको एजेण्डा र केही स्थानीयको आवश्यकताका आधारमा गर्नै पर्ने कामहरुको बारेमा उनीहरुसँग छलफल गर्ने काम भइरहेको छ । निर्वाचनको मिति जति नजिकिदै छ, स्वभाविकरुपमा व्यस्तता बढेको छ । घरदैलोका क्रममा मतदाताहरु के भन्छन ? हेर्नुस् जसरी राजनीतिक ध्रविकरण भयो मतदाताहरुमा पनि त्यो ध्रुविकरण देखिएको छ । बाम एकताका नाममा कम्युष्ट अधिनायकवाद लाड्ने जुन ढंगको प्रयास भएको छ । त्यसले आम प्रजातन्त्र र लोकतन्त्रप्रती आस्था राख्ने मतदाताहरुलाई पीडा थपेको छ । मुलुकमा धेरै पटक राजनीतिक लडाइ लडियो । चाहे त्यो २००७ सालको क्रान्ति भन्नुहोस् चाहे १५, ३६, ४६ हुदैं ६२÷६३ को जनआन्दोलन नै किन नहोस् । मुलुक परिवर्तनका नाममा भएका आन्दोलनमा काँग्रेसले निर्णायक भूमिका निर्वाह गरेको जगजाहेरै छ । त्यसमा नेपाली जनताहरुले आप्mनो बलिदानी दिएका छन् । फलस्वरुप मुलुकले संबिधान पायो । सबै दलहरुलाई एउटै थलोमा ल्याएर काँग्रेसले संबिधान जारी ग¥यो । मलाई पनि लागेको थियो अव मुलुकमा राजनीतिक अधिकारको लडाइ सकियो अव सम्बृद्धि र विकासको लडाइ आवश्यक छ । त्यसैका लागि सबै दलहरु लाग्नु पर्छ भन्ने नै लागेको थियो । तर विद्यमान राजनीतिक घटनाक्रम जसरी विकास भयो त्यसले फेरि पनि एक पटक राजनीतिक अधिकारको लडाइलाई जवरजस्त ढंगबाट उठान गर्नुपर्ने बाध्यता निम्त्याएको छ । प्रजातन्त्र र लोकतन्त्र मास्ने की जोगाउनेबीचको लडाइ एउटा कोणबाट आएको छ । त्यो मतदाताहरुमा पनि प्रष्टसँग देखिएको छ । अर्को भनेको विकास नै हो । मेरो निर्वाचन क्षेत्र सुगम भएर पनि दुर्गम जस्तै छ । अझै कैंयौ ठाउँमा सडक पुगेको छैन । पुलपुलेसा, बाटोघाटो तथा सिंचाई सुविधाको अभाव छ । मतदाताहरुले यिनै समस्यासमाधानको अपिल गर्नुभएको छ ।

तपाईले उमेदवारी किन दिनुभएको ? मेरो उमेदवारी भनेको विकासको लागि हो । सम्वृद्धिको लागि हो । त्यहाँको विकास निर्माण र भएका संरचनाहरु चाहे त्यो कृषिको क्षेत्रमा होस्, शिक्षाको क्षेत्रमा होस्, स्वास्थको क्षेत्र होस् या सडकदेखि पुलपुलेसा निर्माणसम्मको नै किन नहोस् । एउटा उम्मेदवार भोट माग्न जाँदा जहिले पनि मतदाताहरुले पानीकै समस्या सुनाउने ? बाटोघाटो भएन भनेर समस्या तेर्साउने ? पुलपुलेसा, विजुलीवत्ती भएन भनेरै गुनासो पोख्ने ? यो समस्याबाट मैले आप्mनो निर्वाचन क्षेत्रका मतदाताहरुलाई मुक्त गराउन चाहान्छु । म एकै पटक यि समस्या कम्युनिष्टहरुले भने जस्तो फु मन्तर गरेर समाधान भैहाल्छ भन्नेमा छैन । किनभने यि समस्या एकैपटक सम्वोधनको सम्भावना पनि छैन । तर इमान्दारिताका साथ लाग्ने हो भने स्थानीयलाई विकासमा साझेदारी गराउन सक्ने हो भने म विश्वास दिलाउन चाहान्छु पाँच बर्षमा मेरो निर्वाचन क्षेत्रमा सिंचाई, सडक, खानेपानी, विजुलीवत्तीको गुनासो हल गरेर छाड्छु ।

गिजोल्टिएको राजनीतिमा यो सम्भव छ ? असम्भ केही पनि छैन । सम्भव भएरै मैले भनेको हो । मैले माथि पनि भने इमान्दारिता सबैभन्दा ठूलो कुरा हो । म परिवर्तन गर्न सक्छु भन्ने आट सबैभन्दा ठूलो कुरो हो । मसँग मिसन छ, भिजन छ । हेर्नुस् म युवा हुँ । तपाईलाई भन्न चाहान्छु । मलाई उक्त निर्वाचन क्षेत्रबाट विजयी बनाइयोस् मेरो नाममा आउने सम्पूर्ण सरकारी तलव भत्ता त्यहीको विकास निर्माणमा खर्च गर्नेछु । तपाईलाई स्मरण गराउन चाहान्छु । उक्त निर्वाचन क्षेत्रबाट २०६४ सालमा माओवादी केन्द्रका पूर्णाकुमारी सुवेदी र २०७० सालमा एमालेका दलबहादुर सुनारले विजयी हासिल गर्नुभएको थियो । सुवेदीले उपसभामुखको जिम्मेवारी समेत निभाउनुभयो भने सुनारले राज्यमन्त्रीको जिम्मेवारी निभाउनुभएको थियो । सुवेदी र सुनारलाई त्यसक्षेत्रका नागरिकहरुले जिताएर त्यतीठूलो ओहादामा पठाए । उहाँहरुले विकासको रेखा समेत कोर्न सक्नुभएको देखिएन् । धुलाम्य सडक, अधुरा पुलपुलेसा देख्दै मन खिन्न् हुन्छ । गिजोल्टिएको राजनीतिले विकासमा प्रभाव पार्ने होइन् । यदि काम गर्ने दरो इच्छा शक्ती छ भने विकास असम्भव हुदै होइन् ।

तपाई निर्वाचित हुनुभयो भने के गर्नु हुन्छ ? म निर्बाचित भए भने पहिलो प्राथमिकतामा सडक त्यसपछि पुल पुलेसा । सितापुर राधापुर जोड्ने पुल निर्माण । मानखोलामा पुल निर्माण गरेर बर्दिया जोड्ने । जिर्ण सडकलाई बलियो बनाउने । पिच सडकलाई मर्मत सुधार र कच्चीलाई ग्राविल सम्म बनाउने । ग्राविल भएका तर निकै व्यस्त सडक रहेकालाई कालोपत्रे बनाउने र सरल यातायातको व्यवस्थापन मिलाउने छु । विजुलीको पहुँच नपुगेको स्थानमा विजुली पु¥याउने छु । किसानको घर घरमा कृषि मिटरको व्यवस्था गर्नेछु । अपाङ्गता र अशक्तहरुलाईलाई सहज हुने कार्यक्रम ल्याउनेछु । आर्थिक विकास गर्ने छु । रोजगारीका अवसर प्रशस्त ल्याउने योजना बनाइसकेको छु । एक घर एक रोजगारीको व्यवस्था गर्ने गरी काम गर्ने छु । किनभने मेरो निर्वाचन क्षेत्रबाट धेरै युवाहरु विदेश पलायन भएका छन् । उनीहरुलाई फर्काएर यही नै रोजगारी सिर्जना गर्ने खालका उद्योगधन्दा स्थापना गर्नेछु ।

मतदाता रिझाउन जे पनि प्रतिबद्धता गर्दिने तर जितेर गएपछि सबै विर्सन्छन भन्ने मतदाताहरुको गुनासो छ नि ? मतदाताहरुको गुनासो स्वभाविक हो । घरदैलोका क्रममा पनि मलाई धेरैले त्यही भन्नुभएको छ । तपाईलाई जिताएर पठायौं भने कम्तिमा हामीलाई नर्बिसनुहोला । यसअघिका नेताहरुलाई जितायौं उहाँहरु कहिल्यै फर्किएर आउनु भएन् । हो, म त्यो संस्कार चिर्न चाहान्छु । मुलुक अव संघीय संरचनामा गइसकेको छ । तीन वटा सरकार बन्ने छन् । एउटा स्थानीय, अर्को प्रान्त र केन्द्र । अव पहिले जस्तो हुदैन् । म प्रान्तमा चुनाव लड्दैछु । यहाँका हरेक नागरिकहरुसँगै रहेर काम गर्नेछु । अर्को कुरा म यहिको बासिन्दा हुँ विकास त मेरो लागि पनि हो । पहिले जितेर गएकाले विर्से तर म विर्सने छैन । मैले देशकै नमुना क्षेत्र बनाउनेछु । नेपाली काँग्रेस प्रति मतदाता अत्यन्तै आशाबादी भएको मैले पाएको छु । र मैले पनि जनताको लागि केहि गर्ने अठोटका साथ निर्वाचनमा होमिएको छु ।

तपाईको प्रतिस्प्रद्धि दल/उमेदवार को हो ? हा…. हा ……हा ….मैलो त प्रतिस्पर्धी नै देख्दैन् । किनभने एउटा त प्रजातन्त्र र लोकतन्त्र जोगाउनका लागि हुन लागेको यो ३६ सालको जनमत संग्रहजस्तै निर्वाचन हो । मलाई लाग्छ कुनै नेपाली जनताले प्रजातन्त्र र लोकतन्त्र मास्नका निमित्त काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाहिर जान सक्दैन् । पहिलो जित मेरो त्यही नै हो, अर्को भनेको म युवा हुँ, जोस छ, जागर छ, काम गर्ने इच्छाशक्ति छ । मिसन र भिजन पनि छ । त्यसैले मलाई लाग्छ मुलुकको विकास र सम्बृद्धिका लागि काँग्रेसको एजेण्डाबाहेक अरु कसैको पनि सफल हुन सक्दैन् । तपाईले देखिहाल्नु भयो नि चारचार जना कम्युष्टहरुले सरकार चलाए के गरे ? विश्वभरका कम्युनिष्टहरुको एउटै सोच हुन्छ । गरिवको सङ्ख्या बढाउनु । जव गरिव धनि हुन लाग्छ तव उनीहरुमा छटपटि सुरु हुन थाल्छ । काँग्रेसले संबिधान जारी गर्यो । संबिधान कार्यान्वयनपनि मुलुक सम्बृद्धि र विकासमा लम्कन्छ, गरिवी उन्मूलन हुन्छ । गरिवी उन्मूलनपछि कम्युनिष्ट सकिन्छ भन्ने डरले उनीहरुले साम्यवादको परिकल्पना गर्दैछन् ।

अन्त्यमा आम मतदातालाई के भन्नुहुन्छ ? मेरो अन्तमा एउटै भनाइ छ । यो स्थानीयतहको जस्ताको निर्वाचन होइन् । यो २०६४ साल र २०७० सालको संबिधानसभाको निर्वाचन जस्तो पनि होइन् । यो प्रजातन्त्र र लोकतन्त्र जोगाउने र मास्नेबीचको लडाइ हो अर्को भाषामा भन्ने हो भने बोल्न पाउने कि नपाउने भन्नेबीचको फैसला गर्ने बेला हो । विवेकपूर्ण तरिकाले मतदान गर्न आव्हान गर्न चाहान्छु । स्थिर सरकार र सम्बृद्धि र विकासका लागि उहाँहरु (एमाले–माओवादी)ले भन्दै आएको जस्तो होइन । यदी स्थिर सरकारकै लागि हो भने, विकासकै लागि हो भने, स्थानीय तहको निर्वाचनमा एमाले ठूलो पार्टी बनेकै होनी ? अहिले माओवादी केन्द्रसँग किन जोडिनु पर्ने ? बहुमतका नाममा उनीहरुले यो संबिधानलाई ध्वस्त पार्दै मुलुकमा अधिनायकवाद ल्याउन उद्धत छन् । त्यसैले मतदाताहरुले अधिनायकवादविरुद्ध एक भएर काँग्रेस नेतृत्वको गठबन्धनलाई विजयी गराउन अनुरोध गर्न चाहान्छु ।

तपाईको प्रतिक्रिया