कैलाली । बिहीबार एकाबिहानै कैलालीमा वाम गठबन्धनका उम्मेदवार रतन थापाको गाडीमा आगजनी भएको छ । बिहान साढे ३ बजेतिर निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभाका उम्मेदवार रतन थापाको गाडीमा आगजनी भएको र आगजनी गर्ने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चुनावी प्रचारका लागि प्रयोग गर्दै आएको गाडी मध्यरातमा आगो लगाउने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ । चुनावी सुरक्षा मजबुद बनाइएको बताइएको भए पनि देशभर बम विस्फोट र आगजनीका घटना दैनिक बढिरहेका बेला यो गाडीमा पनि विप्लव माओवादीकै हात भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

तपाईको प्रतिक्रिया