काठमाडौं । भक्तपुरमा व्यापारीसँग पाँच लाख चन्दा माग्दामाग्दै विप्लवका नेता प्रहरीको फन्दामा परेका छन् । व्यापारीसँग पाँच लाख चन्दा माग्दै गर्दा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक नेतालाइ भक्तपुर प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले विप्लवको पार्टीका भक्तपुरका नेता डोकेन्द्रराज भट्टराईलाई व्यापारीसँग चन्दा माग्दै गर्दा पक्राउ गरेको हो । पक्राउ परेका नेता भट्टराईमाथि अनुसन्धान भइरहेका महानगरीय प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ । विप्लव माओवादीले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएर देशभर बम आतंक मच्चाइरहेका बेला असुली धन्दा समेत सुरु गरेर सर्वसधारणलाई आतंकित बनाउन खाजेको छ ।

तपाईको प्रतिक्रिया