नेपालीहरु रोग्रति कत्तिको सचेत छन् भन्ने कुरा माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालो अकस्मात हृदयघातबाट उपचार गराउनै नपाई मृत्यु भएपछि देखिन थालेको छ ।अहिले अस्पतालको मुटुरोग विभागमा जचाउन आउनेको भीड लाग्न थालेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

यति बेला शहरी क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरु बढी मात्रामा यो घटनाबाट अत्तालिएर फोन गर्ने, डाक्टरको पालो साध्ने, रोगको लक्ष्यण के के हुन्छ, प्राथमिक उपचार हुन्छ की हुन्न भनेर जिज्ञाशा राख्ने र अस्पतालमै आएर परीक्षण गराउने संख्यामा दोब्बर नै बृद्धि भएको सरकारी तथा निजी क्षेत्रका ठूला अस्पतालहरुले जनाएका छन् ।पहिला पहिला ४० बर्ष कटेपछि मुटुको जाँच गराउन सल्लाह दिइँदै आएकोमा यति बेला ३५ बर्षदेखिका युवाहरु आत्तिएर अस्पताल आउने र मुटुमा घोचेजस्तो, चस्केजस्तो भएको छ भन्दै चिकित्सकसँग सल्लाह लिनेको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया