स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीमा भर्ती भएर आम्दानीको जोहो गरेका विनोद चौधरी यसपटक पनि घरमा केहि कमाएर लैजाने र जीवनलाई अलि सहज बनाउने सपना बोकेर म्यादी प्रहरीमा भर्ना भएका थिए ।

तर मंगलबार भएको विस्फोटमा परी उनीसंगै उनको सपना पनि हराएको छ ।

नेपाली कांग्रेसको चुनावी आमसभाको सुरक्षार्थ खटिएका तुलसीपुर उपमहानगरपालिका १२ क्वाडी का चौधरी मंगलबार बिहान चारै बजे घरबाट तुलसीपुरस्थित आरनिको खेलमैदानमा आयोनजा गरिएको चुनावी आसभाको सुरक्षार्थ ड्युटिमी रहेको बेला उनी नजिकै मोटरसाईकलमा आएका दुई अपरिचित युवाले शंकास्पद वस्तु फालिदिए ।

उनले त्यसलाई खुट्टाले हुत्याएका मात्रै के थिए त्यो वस्तु जोडले पड्कियो । विस्फोटमा उनीलगायत नौजना घाईते भएका थिए ।, यो खबर आजको नागरिकमा छ ।

तपाईको प्रतिक्रिया