नेपालगन्ज । अवैध रुपमा मासु पैठारी गरि बिक्रीवितरण गरेको पाइएपछि नेपालगन्जका दुईवटा मासु पसललाई कारबाहि स्वरुप तत्काललाई बन्द गरिएको छ । अवैध पैठारी नियन्त्रण कार्यदलले बुधबार विहान एक दर्जन मासु पसलहरुको अनुगमन गर्ने क्रममा सेतु विक चोक नजिकैको गणेसपुरमा रहेको मुकिम फ्रेस हाउस र सामरा फ्रेस हाउसले अवैद्य रुपमा भारतिय ब्रोईलर कुखुरा ल्याई बिक्री गरिरहेको पाइएपछि पसललाई नै ताला लगाइ बन्द गराइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए । बन्द गरीएको मासु पसललाई पहिलो पटक जरिवाना काटेर चेतावनि दिएको छ । अनुगमनका क्रममा ४ ओटा पसल दर्ता नभएको र अन्य पसलमा सरसफाई नगरिएको र डिफ्रिज नराखिएको पाइएको पशु क्वारेन्टाईन कार्यालय नेपालगन्जका प्रमुख डा. शंकर पाण्डेले जानकारी दिए । दर्ता नभएका पसलहरुलाई १ हप्ताभित्र दर्ता गर्न निर्देशन दिइएको छ । बागेश्वरीहल छेउमा रहेका रागाँ मासु पसलमा समेत कार्यदलले अनुगमन गरी सुधार गर्न निर्देशन दिएको छ ।

रागाँको मासु खुला राख्ने र डिफ्रीज नहुदा पर्ने असरबारे व्यवसायिहरुलाई कार्यदलले उचित सल्लाह सुझाव समेत दिएको छ । अनुगमनमा जिल्ला पशु सेवा कार्यालय बाँकेका प्रमुख बरिष्ठ पशु चिकित्सक बेद बहादुर केसी, वाणिज्य कार्यालय नेपालगन्जका शाखा अधिकृत कृष्ण प्रसाद पौड्याल, गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यलय नेपालगन्जका निरिक्षक शम्भु आचार्य, जिल्ला प्रहरी कार्यलय, ससस्त्र प्रहरी, ट्राफिक प्रहरी, कृषि पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया