खगेन्द्र दाहाल, नेपालगन्ज । खाद्य संस्थानको अञ्चल कार्यालय नेपालगन्जले बुधबार देखि बाँकेमा किसानहरुको धान्न किन्न सुरु गरेको छ । कार्यालयले अघिल्लो बर्षभन्दा पनि कम मूल्यमा धान किन्न सुरु गरेपछि किसानहरु भने खिन्न भएका छन् । २० हजार क्विन्टल खरिद लक्ष्य राखेको संस्थानले मोटा धान प्रति क्विन्टल २ हजार ३० रुपैंयाका दरले किन्न सुरु गरेको निमित्त प्रमुख पूर्णप्रसाद दाहालले जानकारी दिए । यो गतबर्षको तुलनामा क्विन्टलमा २० रुपैंया कम हो । मसिनो धान भने माथिको आदेश नभएको भन्दै खरिद नगरिएको दाहालले वताए । बजार मूल्य र छिमेकी जिल्लामा निर्धारण गरिएको मूल्यका आधारमा बाँकेमा धानको खरिद मूल्य तोकिएको मूल्य निर्धारण समितिका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । तर, गएको तीन वर्षको तथ्याङ्क हेर्दा धानको मुल्य वर्सेनि घट्दै गएको देखिन्छ । २०७१ सालमा मोटो धानको प्रतिक्विन्टल २ हजार १ सय ५० रपैँया मुल्य तोकिएकोमा, २०७२ सालमा १ हजार ९ सय २५ रुपंैया मात्रै तोकियो । यता २०७३ सालमा बढाएर २ हजार ५० पु¥याइएको मुल्य यसवर्ष पुनः २० रुपैयाँ घटाइएको छ । धानको खरिद परिणाम पनि हरेकवर्ष घट्दै गएको छ । २०७२ सालमा ४० हजार क्विन्टल खरिद गरेको संस्थानले २०७३ सालमा पच्चिस हजार क्विन्टल खरिद ग¥यो । यसवर्ष झनै घटाएर २० हजार क्विन्टल धानमात्रै खरिद गर्ने बताईएको छ । धानको मुल्य पनि समयमै नतोकिँदा किसानहरु व्यापारिहरुलाई सस्तो मुल्यमै धान बेच्न बाध्य छन् । बाँकेमा जम्मा १ लाख ३६ हजार २ सय ९८ मेट्रिक टन धान उत्पादन भएकोमा संस्थानले भने त्यसको शुन्य दशमलव १४ प्रतिशत अर्थात २० हजार क्विन्टल मात्रै धान खरिद गर्दै छ । त्यसमा पनि समय भन्दा ढिलो र किसानको लागतभन्दा कम मुल्यमा । एकातिर किसानहरुको लागत वर्सेनि बढ्दै गएको छ भने अर्कोतिर समयमै धानको मुल्य नतोकिने, तोकिएपनि कम मुल्य निर्धारण हुने र संस्थानले थारै परिमाण मात्रै खरिद गरिदिने हुँदा किसानहरु पीडित छन् । धान्न किन्न सुरु गरेको खाद्य संस्थानको अञ्चल कार्यालय नेपालगन्जमा पहिलो दिन कुनैपनि किसानले धान विक्रि गर्न नल्याएको सस्थानले जनाएको छ । फोटो : खगेन्द्र

तपाईको प्रतिक्रिया