एउटा फलको रुखमा कुन फल फल्छ ? उत्तर सहज छ रुख जे को हो त्यही फल फल्छ । तर यो सत्यता अब भने गलत सावित भएको छ । अमेरिकामा वैज्ञानिकहरुले एउटै रुखमा ४० थरि फल फलाएर सबैलाई चकित पारिदिएका छन् । अमेरिकाको सेराक्यूज विश्वविद्यालयका भिजुअल आर्टस्का प्राध्यापक साम भान एकेनले एउटै रुखमा यतिधेरै खालका फल फलाउन सफल भएका हुन् । जुन रुखलाई झण्डै ३० हजार डलर पर्छ । उनले सन् २००८ तिर आफ्नो प्रयोगात्मक अभ्यासका क्रममा सयौं बिरुवाहरु भएको एउटा बगैंचा देखेपछि नै यस्तो रुख तयार पार्ने कोशिसमा जुटेका थिए । अन्त्यमा उनी सफल पनि भए । अहिले अमेरिकामा उनले तयार पारेका यस्ता रुखहरु निकै महङ्गोमा बिक्री हुने गरेको छ । – एजेन्सी

तपाईको प्रतिक्रिया