सप्तरी- सप्तरीको कंचनरुप नगरपालिकास्थित बदगामा जंगली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका वडा नं १० बस्ने ७० वर्षीया फूलवादेवी यादव रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफ्नै घरमा बसिरहेका अवस्थामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट यादवको घटनास्थलमा नै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया