राजविराज : राजविराजमा बम विष्फोट गराउन खोज्ने दुई जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बस्ने ४० वर्षीय तेजनारायण यादव र विष्णुपुर गाउँपालिका– ६ का सञ्जयकुमार रायलाई दुई दिन अगाडि राजविराजमालाई लक्ष्य गरी प्रेसकुकर बम विस्फोट गराउने योजना बनाइरहेका अवस्थामा पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका उनीहरु विप्लव समूहका कार्यकर्ता भएको बताइन्छ ।

पक्राउ परेका तेजनारायणबाट बम विस्फोट गराउने रिमोट कन्ट्रोल फेला पारेको र त्यसपछिको सोधपुछका आधारमा प्रहरीले बम फेला पारेको थियो । मानवीय तथा भौतिक क्षति पु¥याउने उद्देश्यले राजविराज–कुनौली सडक खण्डअन्तर्गत रञ्जीतपुरस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिकै धान खेतमा लुकाइछिपाई राखिएको शक्तिशाली प्रेसरकुकर बम उनकै बयानको आधारमा फेला पारिएको उहाँले जानकारी दिनुभयो ।

सोही घटनामा उनका सहयोगी सञ्जयकुमार रायलाई समेत पक्राउ गरिएको छ । प्रहरी टोलीले सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– १४ रम्पुरा मल्हनियाँ बस्ने ३४ वर्षीय सूर्यनारायण सुतिहार हतियारसहित पक्राउ गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका– १ स्थित एक घरमा आसन्न निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले उनी बसेका छन् भने सूचना पाएपछि प्रहरीले उनलाई हतियारसहित पक्राउ हो । सुतिहारको साथबाट गोली लोड भएको एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने दुई राउण्ड गोलीसमेत बरामद गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया