सुरुङ्गा, झापा, १३ मंसिर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापाको प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका १० निर्वाचन क्षेत्र वाम गठबन्धनले नै जित्ने दाबी गर्नुभएको छ ।

भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो, “पाँच वटा प्रतिनिधिसभा र दश वटा प्रदेशसभा एमालेसहितको तालमेलले जित्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले चुनावपछि आउने परिणामले देशमा लोकतन्त्र मासिदैन, काँग्रेसको शासनसत्ता मात्र मासिने बताउनुभयो । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओलीले काँग्रेससँग लोकतन्त्रको अभ्याससम्बन्धी सुशासन, पारदर्शीता, राष्ट्रिय एकता, सामाजिक सद्भावको कुरा केही नभएकोले काँग्रेस आफ्नो फाइदाको निम्ति चल्ने पार्टी भएको आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया