काठमाडौँ । काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ। मृतकको शव बाहिर निकालिएको छ भने दुर्घटनामा घाइते १० जनाको उद्धार गरिएको छ ।

बुधबार बिहान अर्घाखाँची जाँदै गरेको यात्रु बाहक बस पृथ्वीराजमार्ग अन्तर्गत चितवनको चूम्लिङटारबाट त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटना भए लगत्तै प्रहरी घटनास्थलमा पुगेको छ । अहिले घाइतेको उद्धारकार्य भइरहेको छ ।

तपाईको प्रतिक्रिया