निर्वाचनपश्चात नेपाली कांग्रेसको आकार जत्रो भए पनि संसदीय दलको नेताका निम्ति ठुलै लडाईँ हुन सक्ने संङ्केतहरु देखिएका छन् । पार्टीको सभापति र पटक पटक प्रधानमन्त्री बनेका हुँदा संसदीय दलको नेतामा पहिलो दावी शेरबहादुर देउवाको रहने निश्चित छ । तर, कांग्रेसले साठीभन्दा कम स्थानमा विजयी हासिल गरेमा त्यसका निम्ति देउवालाई मुख्य जिम्मेवार ठानिने र उनलाई कांग्रेसले संसदीय दलको नतो अस्वीकार गर्ने सम्भावना प्रवल छ ।दलको नेता आफु बन्न नपाउने या नसक्ने स्थितीमा देउवाले आफ्नी पत्नी आरजुलाई विजयी बनेमा अघि सार्न सक्ने संकेतहरु पनि देखिएका छन् ।

कांग्रेस पराजयको निम्ति देउवालाई विशेष जिम्मेवार ठहर गरेको अवस्थामा उनलाई संसदीय दलको नेता स्वीकार गर्न सम्भव देखिँदैन । विजयी बनेर आएको अवस्थामा रामचन्द्र पौडेल डा. शशाङ्क कोईराला, डा रामशरण महत, प्रकाशन सिंह, कृष्णप्रसाद सिटौला र देउवापत्नी आरजु राणासम्मले दलको नतो पदमा दावी गर्ने निश्चित छ ।, यो खबर आज प्रकाशित घटना र विचार साप्ताहिकले लेखेको छ ।

तपाईको प्रतिक्रिया