काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कांग्रेसको चुनावी आमसभालाई लक्षित गर्दै अज्ञात समूहले बम विस्फोट गराउँदा नौजना घाइते भएकामध्ये एक जनाको ज्यान गएको छ । दाङको तुलसीपुरमा अज्ञात समुहको बम विष्फोटबाट मंगलबार घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार अपरान्ह भएको बम बिस्फोटमा परी घाइते भएका चौधरीको उपचारका क्रममा बुधबार बिहान २स्३० बजे कोहलपुर मेडिकल कलेजमा ज्यान गएको हो । बम बिस्फोटबाट घाइते भएका मध्ये तीनजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बाँकी पाँचजनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । काँग्रेस शीर्ष नेताले सम्बोधन गर्नै लाग्दा मोटरसाइकलमा आएका दुईजनाले बम फालेर भागे पनि प्रहरीले अहिलेसम्म बम आक्रमण गर्नेलाई पक्राउ गर्न सकेको छैन ।

तपाईको प्रतिक्रिया