काठमाडौँ । गायक सुनिल गिरीको नयाँ गीत तिम्रो रुपैको म्युजिक भीडियोमा अभिनय गरेका मोडल नयन डिसीले अभिनयमा राम्रो सफलता प्राप्त गर्दै गइरहेका छन् । सुरु सुरुमा रहरै रहरमा मोडेलिङमा छिरेका डिसीको ब्यस्तता बढ्न थालेसँगै उनले पछिल्लो समय अभिनय गरेको गीत तिम्रो रुपैकोमा सुन्दरी मनीषा श्रेष्ठसँग गरेको अनस्क्रिन रोमान्सको चौतर्फी तारिफ सुरु भएको छ । गायक गिरी स्वयमको संगीत रहेको गीतका शब्द भने बुद्ध योञ्जनले रचना गरेका हुन् । भुवन स्यान्बो तामांगले निर्देशन गरेको भिडियोको छायांकन अनिल महर्जनले गरेका छन् । जसको निर्माण राजकुमार महर्जनले गरेका हुन् ।

तपाईको प्रतिक्रिया