धनगढी,१२ मंसिर- भारतको लखिमपुर खिरी जिल्लामा बुधबार हुन लागेको नगरपालिकाको निर्वाचनलाई मध्यनजर गरी कैलाली कञ्चनपुर जिल्लाका सम्पूर्ण सीमा नाकाको आवागमन बन्द गरिएको छ ।

लखिमपुर खिरी जिल्लासँग सीमा जोडिएका कैलाली कञ्चनपुर जिल्लाका सम्पूर्ण सीमा नाकामा सोमबार साँझदेखि बुधबार साँझसम्म आकस्मिकबाहेक अन्य आवागमन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तपाईको प्रतिक्रिया