विवेकशील साझा पार्टीप्रती जनदवाव बढाउन रञ्जु दर्शना नेपालगन्ज आउने हुनुभएको छ । विवेकशील साझा पार्टी बाँकेले दिएको जानकारी अनुसार, दर्शना १५ गते नेपालगन्जमा आयोजित चुनावीसभालाई सम्वोधन गर्न आउन लाग्नुभएको हो । पार्टीले १५ गते दिउँसो १ बजे त्रिभुवन चोकमा चुनावीसभाको आयोजना गरेको छ । यसअघि १० गते विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र, नेता किशोर थापालगायतले नेपालगन्ज र कोहलपुरमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै पार्टीको सिद्धान्त र विचार प्रष्ट्याउनु भएको थियो । पार्टीले आज पनि बाँकेमा चुनावी घरदैलोलाई जारी राखेको जनाएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार नगेन्द्र कुवँर, प्रदेश सभा २ ख का उम्मेदवार डाक्टर विनोद कर्ण आजपनि विहानैदेखि चुनावी घरदैलोमा निस्कनुभएको छ । आप्mनो पक्षमा जनलहर बढ्दै गएको बताउने कर्णले आज नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरमा घरदैलो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया