पर्वतमा अग्ला पुल सञ्चालनमा आउँदा अर्को बञ्जीजम्पको आकर्षणसमेत थपिने भएको छ । कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको सो बञ्जीजम्प विश्वकै दोस्रो अग्लो र एशियाकै पहिलो अग्लो बञ्जीजम्प रहेको बताइको छ । ह्विसिङ सिष्टमबाट निर्माण गरिएको बञ्जीजम्प २२५ मिटर अग्लो हुनेछ । आगामी मंसिरसम्ममा सञ्चालनमा ल्याउने तयारी गरिएको उक्त बञ्जीजम्प भोटेकोशीको भन्दा ६५ मिटर अग्लो हुनेछ । बञ्जी र स्वीमिङका लागि बनाइने पुलमा ठूलाठूला प्वालसहितको एडभेञ्चर्स फिल गराइनेछ । उक्त बञ्जीबाट खोलामा झरेपछि हिँड्दै माथि आउनुपर्दैन । यसमा रहेको ह्विङ्स सिष्टमले आफैँ तानेर पुलमा ल्याउनेछ । बञ्जीमा चारदेखि पाँच सेकेण्डको ‘फ्री फल’ हुने व्यवसायी युवराज जोशीले बताउनुभयो । बञ्जीका लागि आउने पर्यटकलाई बस्नका लागि बलेवा क्षेत्रमा आकर्षक रिसोर्टको समेत तयारी भइरहेको जोशीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया