एजेन्सी । बलिउड नायिका अनुष्का शर्मा निकै भाग्यमानी कलाकार हुन् । बलिउडका चर्चित नायक त्रय सलमान शाहरुख र आमिरसँग अनस्क्रिन रोमान्स गरेकी यि सुन्दरी नायिका यसकारण पनि भाग्यमानी कलाकारको सूचिमा पर्छिन् कि उनको डेब्यू फिल्म रिलिज पूर्व नै उनले अर्को फिल्मका लागी चान्स पाइन् ।

बलिउडमा डेब्यु गर्ने कति नव(कलाकारले त निकै संघर्ष गर्नु पर्ने ट्रेनभन्दा विपरित अनुष्काले सन् २००८ मा डेब्यू फिल्म स् रब ने बना दी जोड़ीमा काम गरे लगत्तै यशराज फिल्म्स सँग ‘बैंड बाजा बरात’ र ‘लेडीज वर्सेस रिक्की बहल’ का लागि एकै पटक अनुवन्धित भएकी थिइन् । यि दुई फिल्ममा अनुबन्धित भए लगत्तै उनको डेब्यू फिल्म ‘रब ने बना दी जोड़ी’ ले पनि राम्रो चर्चा कमायो जसका कारण उनले अहिलेसम्म पछाडी फर्केर हेर्नु परेको छैन ।

हाल भारतीय क्रिकेटका कप्तान बिराट कोहलीसँग प्रेमसम्बन्धमा रहेकी र छिट्टै नै विबाह गर्ने तयारीमा रहेकी यि सुन्दरी प्रेममा मात्रै होइन कलाकारिता र सुन्दरताका दृष्टिकोणले पनि निकै नै बलवान कलाकारका रुपमा बलिउडमा परिचित छिन् ।

तपाईको प्रतिक्रिया