एजेन्सी । हास्य अभिनेता तथा नायक चंकी पाण्डेकी छोरी अनन्या पाण्डे यतिबेला बलिउडमा चर्चामा छिन् । करण जोहरको चर्चित फिल्म ‘स्टुडेन्ट अफ द इअर’को सिक्वेलमा टाइगर सराफसँग देखिने भएपछि उनको चर्चा सुरु भएको हो । सामाजिक संजालमा समेत पछिल्लो समय विशेष सक्रिय रहेकी यि सुन्दरीको आगमनले सोशल मिडियामा अन्य स्टारपुत्रीहरु पछि परेका छन् । पछिल्लो समय उनी सोशन मिडियामा सेलिब्रटी बनिसकेका कारण उनको फिल्मको काम सुरु हुनु अगावै चर्चा चुलीएको छ ।

तपाईको प्रतिक्रिया