काठमाडौं । एमाले नेता एवम् चर्चित पूर्व मन्त्री लालबाबु पण्डितलाई लक्षित गरी मोरङको बुढीगंगा गाउँपालिका–५ मा बम आक्रमण भएको छ । नेकपा एमालेको तर्फबाट क्षेत्र नम्बर ६ का प्रतिनिधिसभाका उम्मेदवार पण्डित चढेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको नेकपा एमाले मोरङका प्रचार विभाग प्रमुख सत्यनारायण चौधरीले जानकारी दिए । विराटनगरबाट बुढीगंगाका घरदैलो गर्न जाने क्रममा बम प्रहार भएको हो । पण्डित चढेको गाडी भन्दा झण्डै १० मिटर अगाडि बम विस्फोट भएकाले मानवीय क्षति नभएको पण्डितका स्वकीय सचिव ओसिम आलमले जानकारी दिए । प्रहरीले घटना सामान्य भएको बताएको छ । मोरङका प्रहरी उपरीक्षक अरुण बिसीले उम्मेदवारलाई तर्साउने गरी सुतली बम पड्काइएको बताएका छन् ।

तपाईको प्रतिक्रिया