एजेन्सी । ज्वालामुखीको घर मानिने इण्डोनेसियामा १३० ज्वालामुखी सक्रिय छन् । जसमध्येको मुख्य हो बाली द्वीपको माउन्ट आगुंगमा ज्वालामुखी फुट्ने खतरामा रहेको ज्वालामुखी । माउन्ट आगुंगमा ३ हजार ४ सय मिटरको उचाइसम्म खरानी र धुँवाको मुस्लो फैलिएको छ ।

इण्डोनेसियाको बाली द्वीपको माउन्ट आगुंगमा ज्वालामुखी फुट्ने खतरा बढेपछि प्रशासनले बाली द्वीपमा उच्चस्तरीय चेतावनी दिँदै तत्काल आसपासको क्षेत्र खाली गर्न निर्देशन दिएको हो । बालीको विमानस्थल पनि बन्द गरिएको छ । जसका कारण यात्रु अलपत्र परेका छन् । माउन्ट आगुंगमा ३ हजार ४ सय मिटरको उचाइसम्म खरानी र धुँवाको मुस्लो फैलिएको छ । इन्डोनेसियाको राष्ट्रिय आपत प्रबन्ध बोर्डले माउन्ट आगुंगमा भएको ज्वालामुखीको आवाज १२ किलोमिटर परसम्म सुनिएको जनाएको छ । त्यस्तै प्रशासनले त्यहाँको विमानस्थल पनि बन्द गरिदिएको छ । जसका कारण कयौं यात्रु अलपत्र परेका छन् । अहिले खतरा बढ्दै गएको माउन्ट आगुंगमा सन् १९६३ मा फुटेको थियो जसको कारण एक हजार जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया