एजेन्सी । अन्तत बेलायतका राजकुमार ह्यारीले आफ्नी प्रेमीकासँग नै विबाह गर्ने भएका छन् । राजकुमार ह्यारीकी अमेरिकन प्रेमिका मेघान मार्कलसँग अर्को वर्ष विहे गर्न लागेको डेलीमेलले लेखेको छ । उनीहरुको बिहेका विषयमा बेलायती राजदरवारले विज्ञप्ती जारी गर्दै राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मार्कल विवाह बन्धनमा बाँधिन लागेको जनाएको छ। उनीहरु एक वर्षदेखि प्रेममा थिए। ह्यारीको इन्गेजमेन्टमा बेलायतकी महारानी एलिजावेथ लगायत नजिकका नातेदारको उपस्थिति थियो। ह्यारीका दाजु विलियम र भाउजु केटले ह्यारी र मेघानको जोडीलाई देखेर खुशी लागेको बताएका छन्। विहेको खबर सुनाउन पाउँदा उत्साही भएको समेत उनीहरुले बताएका छन्। उनीहरुको बिवाह सम्भवत मार्चमा हुने बताइएको छ । मेघानको यो दोस्रो बिहे हो। मेघान ह्यारी भन्दा तीन वर्ष जेठी छन्। ह्यारी ३३ वर्ष पुगे भने मेघाट ३६ वर्ष पुगिन् । मेघानको यो दोस्रो बिहे हो। फिल्म निर्माता ट्रेभर एङगल्सनसँग बिहे गरेको २ वर्षको अन्तरालमा उनीहरुको डिर्भोस भएको थियो ।

तपाईको प्रतिक्रिया