एजेन्सी । गुडीरहेको कारबाट खिचेको शेल्फिका कारण बलिउड नायक वरुण धवन यतिबेला चर्चामा छन् । बरुणको कार ट्राफिक जाममा रोकिएका बेला सडकमा उनलाई देखेपछि यि युवती फ्यानको भनाई हार्न नसकेर बरुणले झ्यालबाट टाउको निकालेर शेल्फी खिचेपछि उनको शेल्फी अहिले भाइरल बनिरहेको छ । जुन सेल्फीले उनलाई प्रहरी कारवाही सम्म नै पुर्यायो । जाहाँ उनले आफ्नो उक्त हर्कतले गर्दा माफी पनि माग्नु पर्यो । गत बुधबार देखि नै वरुणको त्यो सेल्फी वाला फोटो विभिन्न सामाजिक सन्जालमा भाइरल भइरहेको छ । बिहिबार नै मुम्बई पुलिसले ट्विटरमै आपत्ति जनाउंदै यदि स्टन्ट नै देखाउन मन छ भने आफ्नै फिल्मी सेटमा देखाउनु बाहिर होइन, फेरी यस्तो नाभैदियोस कि यो शोख तपाइँकोलागी महँगो साबित नहोस । यस्तो हर्कतले आफ्नो मात्र हैन अरुको जीवन पनि जोखिममा हुने हुनाले तपाई जस्तो जिम्बेवार नागरिकले यस्तो किसिमको क्रियाकलाप देखाउनुहुन्छ भन्ने लागेको थिएन । सेल्फी काण्डपछि बरुणले अहिले माफी मागेका छन् ।

तपाईको प्रतिक्रिया