नेपालगन्ज ११ मंसिर । हतियारसहित बाँके प्रहरीले डुडुवागाउँपालिका–६ बन्दीपुरुवाबाट एकजना भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । चेकजाँचका क्रममा भारत बहराइचका ५३ बर्षिय पशुराम पासीलाई दुईथान कटुवा पेस्तोल सहित पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिनुभयो । पासीको वयानका क्रममा डुडुवागाउँपालिका–६ का राजेन्द्र कुमार लोनियाले उक्त हतियार मगाएका प्रहरीले जनाएको छ । प्रहरीले आजै मध्यान्ह लोनियाको घर खानतलासी गर्दा एकथान भरुवा बन्दुक समेत बरामद गरिएको जनाएको छ । लोनिया भने फरार रहेको बाँकेका प्रहरी प्रमुख तामाङले वताउनुभयो । पासीलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया