नेपालगन्ज ११ मंसिर । आसन्न निर्वाचनमा बाँकेबाट उम्मेदवारी दिएका दल एवं उम्मेदवारहरु यतिबेला आक्रामक रुपमा प्रचारमा होमिएका छन् । प्रचारका लागि उनीहरुले घरदैलो अभियान, चुनावी कोणसभा र आमसभा जस्ता उपाय त अपनाएका छन नै । साथमा सामाजिक सन्जाल फेसबुकको पनि उत्तिकै प्रयोग गरिरहेका छन् । कतिले आफ्नो नामकै एकाउन्टबाट भोट मागिरहेका छन् भने कतिले अलग्गै पेज बनाएर चुनावी प्रचार गरिरहेका छन् । निर्वाचन प्रचारमा सामाजिक सन्जालको प्रयोग गर्न सबैभन्दा अघि देखिन्छन बाँके क्षेत्र नं. २ का प्रतिनिधी सभा उम्मेदवार मोहम्मद इस्तियाक राई र उनको संघिय समाजवादि पार्टि । राईले आफ्नो फेसबुक एकाउन्ट त प्रयोग गरेका छन नै साथमा इतियाक राई जिताऔँ अभियान, इस्तियाक राई समर्थक एकजुट हौ नामका दुई पेजमार्फत पनि उत्तिकै प्रचारमा जुटिरहेका छन । साथमा संघिय समाजवादि पार्टिको पेजबाट पनि पार्टिका चुनावी गतिविधीको उत्तिकै प्रचार भइरहेको छ । राईको ५ हजार साथि पुग्नै लागेको फेसबुक एकाउण्ट छ, संघिय समाजवादि पार्टि नेपाल, बाँके नामको ९ हजार बढि फ्लोअर भएको पेज छ । भने इस्तियाक राई जिताओ अभियान नामक अर्काे पेजमा साढे ६ हजार फ्लोअर छन ईस्तियाक राई समर्थक एकजुट हो नाम दिइएको अर्काे पेजमा ८ हजार बढि फ्लोअर छन् । यि सबै फेसबुक सन्जालहरु निर्वाचन प्रचारमा भरपुर प्रयोग गरेका छन राई र राईको पार्टिले । यता, बाम गठबन्धनका तर्फबाट बाँके प्रतिनिधी सभा क्षेत्र नं. २ मै उम्मेदवार रहनुभएका पशुपतिदयाल मिश्र आफ्नो करिब ६ हजार ८ सय फ्लोअर भएको पेज, करिब ५ हजार साथी भएको एकाउन्ट र पशुपतिदयाल मिश्रा जिताऔ अभियान नामक एकाउन्टमार्फत प्रचार गरिरहेका छन । बाम गठबन्धनबाट क्षेत्र नं. १ ख मा उम्मेदवार कृष्णा केसी नमुनाको पनि करिब २७ सय साथी रहेको कृष्णा केसी जिताऔँ अभियान नामक एकाउन्टबाट चुनावी गतिसविधिको व्यापक प्रचार प्रसार भइरहेको छ । प्रतिनिधी सभा क्षेत्र नं. २ ख मा लोकतान्त्रीक गठबन्धनबाट उम्मेदार रहेका सुरेन्द्र हमालका ३ वटा एकाउन्टहरु निर्वाचन प्रचारमा प्रयोग भइरहेका छन् । सुरेन्द्र हमाल जिताऔँ अभियान नाम दिइएको एकाउन्टमा करिब ७ सय साथी छन् । उक्त एकाउन्ट मार्फत दैनिक भएका गतिविधीहरु अक्षरमा, फोटोमा र भिडिओमा समेत अपलोड भइरहेको देखिन्छ । यसैगरि ५ सय बढि साथी रहेको ओलम्पियन सुरेन्द्र हमाल र सुरेन्द्र हमाल नाम गरेका एकाउन्टमा अरुले ट्याग गरेका शन्देसहरु बढि देखिन्छन् । बाम गठबन्धनका तर्फबाट बाँके क्षेत्र नं. २ प्रदेश सभा क्षेत्र ख बाट उम्मेदवार विजय गुप्ता पनि फेसबुकको प्रयोगमा सचेत देखिनुुहन्छ । गुप्ताको एकै नामका दुई एकाउन्टहरु प्रचार प्रसारमा प्रयोग भइरहेका छन् । विजय गुप्ता जिताऔ अभियान नामको एउटा फेसबुक एकाउन्ट छ भने सोहि नामको एक फेसबुक पेज पनि छ । पेजमा १ हजार बढि फ्लोअर छन भने एकाउन्टमा ७ सय बढि साथीहरु । दुबै सन्जालमा दैनिक भएका चुनावि गतिविधी र सुचनाहरु पोष्ट भइरहेका हुन्छन् । लोकतान्त्रीक गठबन्धनबाट बाँके प्रतिनिधी सभा क्षेत्र नं. २ का उम्मेदवार ओमप्रकाश आजादका पनि दुईवटा एकाउन्टहरु निर्वाचन प्रचारमा प्रयोग भइरहेका छन् । चुनाव प्रचारकै उदेश्यले ओमप्रकाश आजादलाई जिताऔँ अभियान नामको अकाउन्ट खोलएको छ । जसमा ६ सय बढि फसाथी छन् । अर्काे उहाँकै नामको एकाउन्टमा भने करिब २ हजार साथी छन् । क्षेत्र नं. ३ मा लोकतान्त्रीक गठबन्धनका उम्मेदवार बादशाह कुर्मीको पनि दुईवटा चुनावी एकाउन्टबाट प्रचार भइरहेको छ । कुर्मीकोे साढे पाँच सय साथी रहेको बादशाह कुर्मी जिताऔँ अभियान नामको एकाउन्ट छ भने र बाँके क्षेत्र नं. ३ प्रतिनिधीसभामा बादशाह कुर्मीलाई जिताऔँ नामको फेसबुक पेज छ । फ्लोअर थोरै भएपनि पेजबाट कुर्मीको प्रचार केन्द्रित सामग्रीहरु पोस्ट भइरहेको देख्न सकिन्छ । क्षेत्र नम्वर ३ ख का लक्ष्मीनारायण शाहको पनि फेसुबकमा ४ हजार बढि साथी भएका दुई एकाउन्ट र लक्ष्मीनारायण शाह जिताऔँ अभियान नामभएको एकाउन्ट मार्फत प्रचार भैरहेको छ । यसैगरि, क्षेत्र नम्वर नं. १ ख का लोकतान्त्रीक गठबन्धनका उम्मेदवार नारायण गौडेलले पनि छुट्टै एकाउन्ट बनाएर प्रचार गरिरहेका छन । प्रतिनिधी सभा क्षेत्र नं. २ मा राजपाका तर्फबाट उम्मेदवार विजय गुप्ताको ९ सय बढि साथी भएको फेसबुक एकाउन्ट भएपनि त्यति याक्टिभ देखिन्न । गुप्ता आफैले भन्दा अरुले उनलाई ट्याग गरेका पोस्टहरु नै बढि टाँसिएका छन् । संघिय समाजबादी फोरमका २ ख मा उम्मेदवार दुर्गेश बैश्य गुप्ता पनि जिताऔँ अभियान नामको एकाउन्टमार्फत प्रचार गर्दै छन । आफ्नै नामको एकाउन्टमार्फत चुनावी प्रचारमा सक्रिय उम्मेदवारहरुमा बाम गठबन्धनका तर्फबाट बाँके क्षेत्र नं. ३ क का उम्मेदवार आईपि खरेल, विवेकशील साझा पार्टिका तर्फबाट क्षेत्र नं. २ ख का उम्मेदवार विनोद कर्ण लगायत छन । अन्य उम्मेदवारहरुले सामाजिक सन्जाललाई पनि चुनाव प्रचारको गतिलो माध्यम बनाएका छन ।

तपाईको प्रतिक्रिया