एजेन्सी । भेनेजुयलाको महँगीको बारेमा सुन्ने र बुझ्ने जो कोहीको पनि होश हवास नै उड्छ । भेनेजुयला चरम आर्थिक संकटबाट गुज्रिरहेका कारण अहिले त्यहाँ सबै कुरामा महंगीले नेटो काटेको छ ।

देशको ढुकुटीमा पैसा रित्तिँदै गएका कारण र केन्द्रीय बैंकसँग केवल १० अर्ब डलर मात्रै बचत भएका कारण उक्त देशमा एक बोत्तल दुधका लागी करिब डेढ लाख रुपैयाँमा खरिद गर्नु परेको हो ।

एक अमेरिकी डलर बराबर ८४ हजार बलिभर मुद्रा पुगेका कारण सबै कुरामा महंगीले मार हानेको हो । अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार भेनेजुयलामा मानिसहरुको जनजीवन निकै नै अस्तब्यस्त बन्दै गइरहेको छ ।

तपाईको प्रतिक्रिया