बाँके – बाँकेमा विवेकशिल साझा पार्टिका उम्मेदवारले आज नेपालगन्ज उपमहानगरपालीका वडा नं. १ को वाटरपार्क क्षेत्रमा घरदैलो गर्ने भएका छन् । हिजो पार्टिका संयोजक रविन्द्र मिश्रले नेपालगन्जमा सम्बोधन गरेपछि हौसिएका पार्टिका उम्मेदवारह? हौसलाका साथ पुनः घरदैलोमा जाने पार्टिका बाँके संयोजक चिरन्जिवी शर्माले जानकारी दिनुभयो ।

पार्टीप्रतीको जनलहर बढ्दै गएको शर्माको भनाई छ । यसवर्ष राष्ट्रिय पार्टी अर्को वर्ष देशको नेतृत्व नारासहित चुनावी मैदानमा होम्मिएको विवेकशील साझा पार्टीप्रती जनलहर बढ्दै गएको दाबी उहाँले गर्नुभयो । बाँके क्षेत्र नम्वर २ का प्रतिनिधिसभाका उम्मेदवार नगेन्द्र कुवँर र प्रदेशसभा ख का उम्मेदवार डाक्टर बिनोद कर्ण नेतृत्वको टोलीले नेपालगन्ज घरदैलो गर्दै छ । अधिकांश ठूला दलह?ले निर्वाचनलाई भड्किलो र आचारसंहितालाई उल्लघन गरेको भएपनि विवेकशील साझा पार्टीले भने त्यसो नगरेको भन्दै परिवर्तन यहीबाट सु? गरिएको उम्मेदवार डाक्टर कर्णले वताए । पुराना पार्टीह?ले अधिकारको लडाइ लडे पनि मुलुकको सम्बृद्धि र विकासमा कुनै पनि भूमिका निभाउन नसकेको भन्दै बैकल्पिक शक्तिका ?पमा विवेकशील साझा पार्टी स्थापना भएको प्रतिनिधिसभाका उम्मेदवार कुवँरले वताए ।

तपाईको प्रतिक्रिया