इस्लामाबाद, मंसिर ११ । पाकिस्तानको कानूनमन्त्री जहिद हमिदले आइतबार राजीनामा दिएका छन् ।इस्लामिक कट्टरपन्थी प्रदर्शनकारीहरुले लगातार रुपमा गरेको हिंसात्मक प्रर्दशनको कारण उनले राजीनामा दिएको बताइएको छ ।पाकिस्तानको राजधानी इस्लामाबादमा इस्लामिस्ट प्रदर्शनकारी र सुरक्षाबलबीच गत एक हप्ताभन्दा बढी हिंसात्मक प्रर्दशन जारी रहेको थियो ।देशलाई द्वन्द्वबाट बाहिर निकाल्नको लागि हमिदले आफ्नो राजीनामा पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीसमक्ष दिएको राज्यद्वारा सन्चालित समाचार समिति ‘एसोसिएटेट प्रेस अफ पाकिस्तान –एपीपी) ’ ले जानकारी दिएको छ । तर, राजीनामाको विषयमा विस्तृत विवरण भने दिइएको छैन् ।

इशको निन्दा गरेको आरोप लगाउँदै इस्लामिक कट्टरपन्धी संगठनले एक हप्ताभन्दा बढी समययता हमिदको राजीनामाको माग गर्दै प्रदर्शन गर्दै आएका थिए । हमिदले आइतबार अबेर राति राजीनामा दिएका हुन् ।हमिदको राजीनामापछि ११ दिनसम्म जारी रहेको हिंसात्मक प्रदर्शन बन्द भएको बताइएको छ । राज्यद्वारा सन्चालित टेलिभिजन च्यानल पिटिभीले पनि मन्त्रीको राजीनामाको समाचार प्रशारण गरेको छ ।यस राजिनामाको विषयलाई लिएर सरकार अधिकारीहरुको भने कुनै टिप्पणी हालसम्म आएको छैन् ।

तपाईको प्रतिक्रिया