एजेन्सी -टीसीरीजका मालिक भुषण कुमारले आफ्नी पत्नी दिव्या खोसलाको जन्मदिनको पार्टीमा पुगेकी सलमानकी प्रेमिका युलियालाई पार्टीमा लगाएको गाउनले नराम्रोसँग धोका दियो ।

बलिउडका हस्तीहरु सहित सलमानकी पूर्पप्रेमिका ऐश्वर्या समेत सामेल भएको सो पार्टीमा क्रिम कलरको अफ शोल्डर हाइ स्टिल गाउनमा पुगेकी युलियालाई पहिरनले तनाब दियो ।

पार्टीमा जाँदै गर्दा उनको गाउन स्यान्डलको तल फस्यो । सो समयमा उनलाई गाउन तान्नको हैरानी पनि भएको थियो । जसले गर्दा, यूलियाले क्यामेराको अगाडि अफ्ठ्यारो महसुस गर्नुपरेको थियो ।पार्टीमा विद्या बालन, साजिद नाडियडवाला, राकेश रोशन, ऋतिक रोशन लगायतका बलिउड हस्ती पुगेका थिए ।

तपाईको प्रतिक्रिया