काठमाडौँ । भारतबाट आयात हुने विद्युत् काटौती भएसँगै हिउँदका लागि नेपालमा विद्युत् आपुर्ती व्यवस्थापन गर्न कठिन हुने देखिएको छ।भारतीय सर्वोच्च अदालतको फैसलासँगै दुई नाका हुँदै नेपाल आयात हुने ५५ मेगावाट विद्युत् कटौती भएपछि डिसेम्बरदेखि नै विद्युत् आपुर्ती व्यवस्था गर्न कठिन हुने देखिएको खबर भीम गौतमले आजको कारोबार दैनिकमा लेखेका छन्। भारतको सर्वोच्च अदालतले पेट्रोकोक र फर्निस आयलबाट उत्पादन हुने विद्युत्मा प्रतिवन्ध लगाएपछि ढल्केवर -मुजफरपुरबाट आयात हुने २५ र टनकपुरबाट आयात हुने ३० मेगावाट विद्युत् बन्द भएको छ। डिसेम्बरदेखि विद्युत्को उत्पादन घट्ने र माग भने वढ्दै जाने भएकाले अहिले कटौती भएको विजुली भारतीय कम्पनीले दिन नसकेमा विद्युत् आपुर्ती व्यवस्थापन चुनौतीपूर्ण हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया