काठमाडौँ – विगत दुई दशक अघि देखि अमेरिकामा बस्दै आउनुभएकी गीतकार अम्विका गुरुङका शब्दहरु आजकल निकै गुञ्जन थालेका छन् । गुरुङद्धारा रचना गरिएका माया प्रेम देखि लिएर देशभक्ति समेत गरि करिव १ सय भन्दा बढि गीतहरु रेकर्ड भैसकेका छन् । जसलाई नेपालका चर्चित गायक गायिकाले स्वरवद्ध गरेका छन् भने श्रोताद्धारा अत्याधिक रुचाईएका छन् ।

पछिल्लो समय गीतकार गुरुङको शब्दमा नयाँ गीत ‘कहाँबाट सुरु गरौ म तिम्रो त्यो रुपको बयान’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित गायक रामकृष्ण ढकालको आवाजमा रहेको उक्त गीतमा संगीत प्रकाश लेप्चाको रहेको छ । अनिशा के छेत्रीको निर्देशनमा बनाइएको भिडियोमा भुपेन्द्र भट्टराईको छायाङ्कन र सम्पादन हो भने भिडियोमा नायक राजबल्लभ कोइराला र सुनिक्षा मैनालीको अभिनय देख्न सकिने छ । गीतकार अम्बिका गुरुङद्वारा स्थापित भावसागर इन्टरटेन्मेन्ट एलएलसीद्वारा निर्माण गरिएको यो भिडियो भावसागरकै आधिकारिक यूट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो ।

तपाईको प्रतिक्रिया