नेपालगन्ज १० मंसिर । बिबेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले मुलुकको सम्बृद्धि र विकासका लागि मनमात्र नभएर मत परिवर्तन गर्न आव्हान गर्नुभएको छ । आज कोहलपुरमा आयोजित चुनावी घरदैलोका क्रममा उहाँले ठूला दलहरुले राजनीतिक लडाइ लडे पनि सम्बृद्धि र विकासका लागि कुनै काम नगरेको भन्दै उहाँले बैकल्पिक शक्तिका रुपमा बिबेकशील साझा पार्टी स्थापना भएको वताउनुभयो । ‘ठूला दलहरुले केही पनि गरेनन् भन्ने तपाई हामी नै हो, फेरि उनीहरुलाई नै मत हाल्ने पनि तपाई हामी नै हो, यसपटक मन मात्र होइन मत पनि फेर्नुसु हामी सम्बृद्ध नेपाल बनाउन चाहान्छौं ।’ यो पटक राष्ट्रिय पार्टी बन्ने र अर्को पटक सरकारको नेतृत्व बिबेकशील साझा पार्टीले गर्ने दावी संयोजक मिश्रले गर्नुभयो । कोहलपुरको न्यूरोडबाट सुरु भएको चुनावी घरदैलोमा सर्वसाधरणहरुको उल्लेखनिय सहभागीता रहेको छ । मिश्रलगायतका नेताहरुले आजै दिउँसो नेपालगन्ज आफबगीयामा आयोजित चुनावीसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया